१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चैत्र ५ बाट विराटनगरमा जुत्ता मेला

Logo

विराटनगर ,चैत्र ३ 
विराटनगरमा चैत्र ५ गतेबाट विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्सले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपो आयोजना गर्न लागेको जानकारी गराएको हो । आयाजकले एक्सपोमा नेपालका विभिन्न १५ वटा ब्रण्डका जुत्ताचप्पल राखिने जनाएको छ ।
वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा ५ हजार बढी मोडलका २ लाख ५० हजार जोर जुत्ताचप्पलको राखिने उनले जानकारी दिए । मेलमा ६० वटा स्टल राखिने उपाध्यायले जानकारी दिए ।
एक्पोमा बेस ग्लोवल प्रालि, शिखर सुज इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरवी पोलमर्स कम्पनीलगायतको उत्पादन रहने छन् ।
मेलमा १ सय देखि १० हजारसम्मका जुत्ताचप्पल १० देखि ५० प्रतिशतसम्म छुटमा विक्री गरिने उनले बताए । मेला अवधिमा करिब २ करोडको कारोवार हुने अपेक्षा रहेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]