०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

फुटवयर मेला विराटनगरमा सुरु

Logo

विराटनगर चैत्र ६

कोभिड १९ पछि लयमा फर्कन प्रयासरत आर्थिक क्षेत्रलाई सहयोग पुग्ने गरि विराटनगरमा जुत्ता चप्पल मेला सुरु भएको छ ।

नेपाली उद्योगले उत्पदन गरेका जुत्ता चप्पलको प्रवद्धन हुने गरि विगत तिन वर्ष देखि संचालन हुदै आएको मेलालाई यस पटक पनि निरन्तरता दिएको हो । नेपाली उत्पादनसँग नेपाली उपभोक्तालाई मेलाले प्रत्यक्ष जोडने आयोजकको भनाई छ ।

नेपालमा फस्टाउदो उद्योग :व्यवसयाको रुपमा आएको जुत्ताचप्प मेलाले उपभोक्ता सँग जोडीन प्रभावकारी हुने मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । गुणस्तरहिन विदेशि फुटवयरको विगविगी भएकोले नेपाली उत्पादन चिनाउन पनि मेलाको आयोजना गरिएको उपाध्यायले बताए ।

विदेशबाट कमसल र न्यून विजिकरण भएर आउने जुत्ताचप्पल नेपालको गुणस्तरीय उत्पादनलाई प्रतिस्प्रधा गर्न कठीन हुने उद्योगीहरुको भनाई छ । नेपालमा हाल सान,मझौला र ठूला गरेर १५ सय जुत्ताचप्पल उद्योग संचालनमा रहेका छन् । नेपालको जुत्ताचप्पल उद्योगमा १७ अर्वको लागानी रहेको फुटवयर एसोसिएसनले जनाएको छ । वर्षीक रुपमा ५ करोड जोर जुत्ताचप्पल उत्पादन गरेर बजारमा पठाउने गरेको मेलाका संयोजक होमनाथ उपाध्याययले जानकारी दिए । वार्षीक कारोवार ३२ अर्व रहेको फुटवयर उद्योगले ५५ हजारलाई प्रत्यक्ष रोजगारी दिएको उपाध्यायले बताए ।

एक नेपालीले वर्षीक तिन जोर जुत्ताचप्पल प्रयोग गर्ने भएकोले नेपालमा ९ करोड जोर जुत्ताचप्पलको माग रहेको फुटवयर एसोसिएसनको अनुमान रहेको छ । नेपालमा फुटवयर खपतको ६३ प्रतिशत नेपाली उत्पादनले धानेको फुटवयर एसोसिएसनका उपाध्यक्ष नानिराज घिमिरेले बताए । भारतबाट हुने चोरी पैठारीले कठीन भएको बताएका उनले यस्ता मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोडन सहयोग पुग्ने सुनाए ।

विगत तिन वर्ष देखि विराटनगरमा संचालन हुदै आएको जुत्ताचप्पल मेला यसपटक विराट फुटवयर एक्सपोको नामबाट विहिबार देखि सुरु भएको हो । बैशाख ५ गते सम्म संचालन हुने मेलामा १२ वटा कम्पनीका २० वटा ब्राण्डका जुत्ता चप्पल रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न मोडलका ५ हजार जोर जुत्ताचप्पल रहने आयोजकले जनाएको छ । मेलामा २ लाख ५० हजार जोर फुटवयर बेचने आयोजकको लक्ष्य रहेको छ ।

मेलामा सय रुपैयाँ देखि १० हजार सम्मका फुटवयर रहने संयोजक उपाध्यायले जानकारी गराए । मेलामा उपभोक्ताले १० देखि ५० प्रतिशत सम्म छुट पाउन सक्ने उनले बताए । मेला अवलोकनको लागी दैनिक २० हजार भन्दा बढी उपभोक्ताले आउने आयोजकको अपेक्षा रहेका ेछ ।

व्यापार मेलाको शुभारम्भ गरेका विराटनगर महानगरपालीकाका मेयर भिम पराजुलीले उपभोक्ताको चाहना अनुसारका उत्पादन गरेर विदेशी उत्पादन सँग प्रतिस्प्रधा गर्न सके मात्र नेपाली उत्पादन दिगो हुने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]