१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

युवा उद्यमीले गर्दै छन चार सय किलोमिटर मोटर र्‍याली

Logo

विराटनगर ६ चैत्र ।
कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विराटनगरका यूवा उद्यमीहरुले मोटर र्‍याली गर्ने भएका छन् ।
र्‍याली गर्ने नेपाल युवा उद्यमी युव मञ्च विराटनगर शुक्रबार पत्रकार सम्मेलन गरी जनकारी गराएको हो । पर्यटन क्षेत्रलाई पहिलाकै अवस्थामा फर्काउने उद्देश्यका साथ मोटर र्‍यालीको आयोजना गरिएको मञ्चले जनाएको छ ।
चैत १२ गते ‘अन्वेषण पूर्व’ नाराका साथ मोटर र्‍याली सुरु हुने आयोजकले जनाएको छ । विराटनगरबाट सुरु भई बर्दिवास, घुर्मी हुँदै फाफ्लुसम्मको चार सय किलोमिटरको यात्रा गर्ने मोटर र्‍याली आयोजक समितिका संयोजक शुभम भट्टराईले जानकारी दिए । उक्त र्‍याली चैत्र १४ गते विराटनगर अइपुग्ने छ ।
एउटामा चार जना रहने गरी २० वटा मोटर र्‍यालीमा सहभागि हुने छन् । यस मोटर र्‍यालीमा सहागि हुन प्रतिव्यक्ति १५ हजार शुल्क तोकिएको छ । आयोजकले सहभागीको लागी फाफ्लुमा दुई दिनको वास, खाना, खाजा र प्रमाण–पत्रको व्यवस्था गरेको छ ।
उक्त मोटर र्‍यालीले आफ्नो छुट्टै मौलिक पहिचान र भौगोलिक बनावट भएको तराई, पहाड र हिमालको पर्यटकीय क्षेत्रलाई एक–आपसमा जोडेर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक टिमले अपेक्षा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]