०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

युवा उद्यमीले गर्दै छन चार सय किलोमिटर मोटर र्‍याली

Logo

विराटनगर ६ चैत्र ।
कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन विराटनगरका यूवा उद्यमीहरुले मोटर र्‍याली गर्ने भएका छन् ।
र्‍याली गर्ने नेपाल युवा उद्यमी युव मञ्च विराटनगर शुक्रबार पत्रकार सम्मेलन गरी जनकारी गराएको हो । पर्यटन क्षेत्रलाई पहिलाकै अवस्थामा फर्काउने उद्देश्यका साथ मोटर र्‍यालीको आयोजना गरिएको मञ्चले जनाएको छ ।
चैत १२ गते ‘अन्वेषण पूर्व’ नाराका साथ मोटर र्‍याली सुरु हुने आयोजकले जनाएको छ । विराटनगरबाट सुरु भई बर्दिवास, घुर्मी हुँदै फाफ्लुसम्मको चार सय किलोमिटरको यात्रा गर्ने मोटर र्‍याली आयोजक समितिका संयोजक शुभम भट्टराईले जानकारी दिए । उक्त र्‍याली चैत्र १४ गते विराटनगर अइपुग्ने छ ।
एउटामा चार जना रहने गरी २० वटा मोटर र्‍यालीमा सहभागि हुने छन् । यस मोटर र्‍यालीमा सहागि हुन प्रतिव्यक्ति १५ हजार शुल्क तोकिएको छ । आयोजकले सहभागीको लागी फाफ्लुमा दुई दिनको वास, खाना, खाजा र प्रमाण–पत्रको व्यवस्था गरेको छ ।
उक्त मोटर र्‍यालीले आफ्नो छुट्टै मौलिक पहिचान र भौगोलिक बनावट भएको तराई, पहाड र हिमालको पर्यटकीय क्षेत्रलाई एक–आपसमा जोडेर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक टिमले अपेक्षा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]