०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नेपाल पक्षबाट फिर्ता

Logo

विराटनगर ,चैत्र १८
नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ ।

मङ्गलबार सामूहिक रुपमा १६ जना माधव नेपाल पक्षका सांसद्ले हस्ताक्षर फिर्ता गरेका हुन् । गत पुस १२ गते तत्कालिन नेकपा प्रचण्ड–माधव समूहका ३७ जनाको हस्ताक्षरसहित अविश्वास जनाएपनि नेपाल पक्ष र माओवादी केन्द्रका केहि सांसदले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका थिए । यसअघि नेकपा एमालेको संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सांसदहरूलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन र त्यसको जानकारी दललाई गराउन निर्देशन दिएका थिए ।

हस्ताक्षर गरेका माधव नेपाल समूहका पाँच जना सांसद् यसअघि नै हस्ताक्षर फिर्ता लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]