२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

कुटपिट भईरहेका मजदुर छुटाउन पुगेका मा‌ओवादी केन्द्र धरानका सचिव आफैं कुटिए

Logo

धरान, चैत २०

नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि आक्रमण भएको छ । मजदुर कुटपिट भईरहेकाे देखेपछि  छुटाउन पुगेका श्रेष्ठमाथि पनि आक्रमण भएकाे हाे ।

श्रेष्ठका अनुसार  बिहिबार ‌ राति साढे ९ बजे तिर धरान ११मा निमार्ण भईरहेकाे एक भवनमा कार्यरत दुई मजदुरमाथि एक समुहले कुटपिट गरी रहेकाे थियाे । उनीहरुलाई छुट्याएर घर पुगेपछि आफुलाई घरमै आएर ति समुहले कुटपिट गरेकाे श्रेष्ठकाे जिकिर छ । कुटपिट भएकाे स्थल नजिकै श्रेष्ठकाे घर छ ।

कुटपिटमा संलग्न रहेकाे आराेपमा प्रहरीले साेही वाडका सुजन तामाङ र प्रदीप तामाङलाई पक्राउ गरेको  छ । अन्य केही युवाहरु फरार रहेकाे प्रहरीले जनाएकाे छ । आतक्रमणबाट सचिव श्रेष्ठकाे आँखामा चाेट लागेकाे छ, त्यस्तै कुटपिटमा परेका दुई मजदुर समेत समान्य घाईते छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]