२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue

फाईबर तार टाङने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७

विराटनगर, चैत्र २५
सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
ललितपुर महाकाल गाउँपालिका–४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो । बिहान पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंह होम ल्याउने क्रममा मृत्यु भएको हो ।
यस घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण […]

विराटनगर, भदाै २१ । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्टले बिहीबार हरितालिका तीज पर्व मनाएकाे छ। स्कुल परिसरमा आयोजित साे कार्यक्रममा यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई हरितालिका तीजको महत्व र परम्पराबारे जानकारी समेत गराईएकाे छ। कार्यक्रममा स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिए। उनले […]

कञ्चनपुर ,२१ भदौ ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा […]