०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कुकुरलाई बिजुलीको पोलमा बाँधेर हत्या गर्ने विरुद्ध प्रहरीको अनुसन्धान सुरु

Logo

काठमाडौं,वैशाख २
कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि उक्त प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल–४मा कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरी हत्या गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

अहिले सम्म प्रहरीको प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले उक्त कुकुरलाइ कोदालो र फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेको देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विराेधमा माइतीघरमा प्रदर्शन

कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरी हत्या गरेको भिडियो भाइरल भएपछि पशु अधिकारकर्मीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

८ वर्षको बालकलाई कुकुरले टोकेकाे भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग समेत गरेका छन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]