०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

दुर्घटनामा परी पत्रकार पाैडेलकाे मृत्यु

Logo

काठमाडौं, वैशाख २
कपिलवस्तुमा एकजना पत्रकारकाे ट्रकको ठक्करबाट मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो ।
मंगलबार राती काम सकेर मोटरसाइकलमा घर जाँदै गर्दा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै पाैडेलकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । उनी स्थानीय बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिकमा कार्यरत्त थिए ।

पौडेल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा  प्रदेश कोषाध्यक्षका उम्मेदवार समेत हुन ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]