१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मजदुर र किसानबाट सांसदहरु चुनिनु पर्छ : गोपाल किराँती

Logo

विराटनगर , वैशाख ३
नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले मजदुर र किसानबाट सांसदहरु चुनिनु पर्ने बताएका छन् ।

बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यमान निर्वाचन प्रणलीलाई हटाएर २० प्रतिशत सांसदहरु मजदुरबाट र ६५ प्रतिशत किसानबाट चुनिने प्रणाली लागु गर्नुपर्ने उनले तर्क पेश गरेका हुन् ।

बाँकी १५ प्रतिशतमा पुजीवादीहरुलाई दिएर सन्तुलन कायम गर्नुपर्ने उनको तर्क छ ।
किराँतीले नेपालमा लोकतन्त्रवादी र कम्युनिष्ट भनिएका पार्टीहरु सच्चा रुपमा लोकतन्त्रवादी र कम्युनिष्ट नभएको आरोप समेत लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]