०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मजदुर र किसानबाट सांसदहरु चुनिनु पर्छ : गोपाल किराँती

Logo

विराटनगर , वैशाख ३
नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले मजदुर र किसानबाट सांसदहरु चुनिनु पर्ने बताएका छन् ।

बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यमान निर्वाचन प्रणलीलाई हटाएर २० प्रतिशत सांसदहरु मजदुरबाट र ६५ प्रतिशत किसानबाट चुनिने प्रणाली लागु गर्नुपर्ने उनले तर्क पेश गरेका हुन् ।

बाँकी १५ प्रतिशतमा पुजीवादीहरुलाई दिएर सन्तुलन कायम गर्नुपर्ने उनको तर्क छ ।
किराँतीले नेपालमा लोकतन्त्रवादी र कम्युनिष्ट भनिएका पार्टीहरु सच्चा रुपमा लोकतन्त्रवादी र कम्युनिष्ट नभएको आरोप समेत लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]