२७ मंसिर २०८१, बिहिबार
12-12-2024 , Thu

पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

विराटनगर, वैशाख ६
पाँच वर्षसम्मका बालबालिकालाई सरकारले सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै  छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले अभिभावकहरुलाई आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।
कोरोना संक्रमणका कारण औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, म‌सिर २७ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । एनपीएल इतिहासकै पहिलो सुपर ओभरमा पोखराले विजयी सुरुवात गरेको हो । निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले रेइफरको विस्फोटक ब्याटिङमा […]

विराटनगर, म‌सिर २७ । नेपाल पत्रकार महासंघ मोरङको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा प्रेस चौतारी, प्रेस युनियन र संघीय प्रेस मञ्चको तर्फबाट सुशीला पाठक, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनको तर्फबाट नवराज कट्टेल र प्रेस युनियनको विद्रोही टिमको तर्फबाट भोजराज बस्नेतले उम्मेद्वारी दिएका हुन् । मंसिर २८ गते हुने निर्वाचनका […]

काठमान्डौं,२५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी […]