०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

नाबालिगलाई करणी गरेको आरोपमा भोक्राहा गाउँपलिकाका अध्यक्ष पक्राउ

Logo

ईटहरी, वैशाख ९
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध नाबालिगलाई करणी गरेको उजुर परेको छ ।

बुधवार राति करणीमा परेको भनीएकी १७ वर्षिय बालिकाको आमाले ईलाका प्रहरी कार्यालय धरानमा जाहिरी दिएकी थिइन् ।

जाहिरी परेसँगै धरान ४ स्थित डुकु होटल एण्ड लजबाट बुधवार साँझ अध्यक्ष यादव पक्राउ परेका थिए । होटलमा यादवको साथमा ति बालिकासमेत फेला परेकाे प्रहरी स्रोतको भनाई छ । अध्यक्ष यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय धरानका उप निरिक्षक ज्ञानेन्द्र बस्नेतले जनचर्चा डट कमलाई जानकारी दिएका छन् ।

पिडित बालिकाको घर ईटहरी भएको बुझिएको छ । अध्यक्ष यादवले बालिकालाई जागिर लगाईदिने प्रलोभनमा पारेको समेत खुल्न आएको छ । बुधबार साँझ अध्यक्ष यादव ईटहरी नै आएर बालिकालाई गाडिमा हालेर लिई गएको उजुरमा उल्लेख छ । कहाँ लागेको भनेर सोधखोज गर्दा जागिर बारे कुराकानी गर्नुपर्ने भन्दै बालिकालाई लिएर बेपत्ता भएको बिलिकाको आमाको भनाई छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]