२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगरमा भोला गुट्खाको व्यापक कालोबजारी

Logo

विराटनगर, वैशाख १६
विराटनगरका होलसेल व्यापारीहरुले भोला गुट्खा लुकाएर व्यापक कालोबजारी गरिरहेको खुलासा भएको छ । आगामी दिनमा हुनसक्ने लकडाउनलाई मध्यनजर गर्दै होलसेलरले गुट्खा लुकाएर बजारमा कृतिम मुल्यवृद्धि गरीरहेको खुल्न आएको छ ।

उद्योगबाट २१२ रुपैयाँ प्रति प्याकेटमा वितरण भईरहेको भोला गुट्खा बुधवार विराटनगर बजारमा ३ सय ५० रुपैयाँमा बिक्रि भईरहेको भेटिएको छ । २ सय ५० रुपैयाँमा खुद्रा व्यापारीले सहजै पाउनु पर्ने गुट्खा अचाकली प्रति प्याकेटमा १ सय रुपैयाँ बृद्धि गरेर होलसेलरले बेचीरहेको पाईएको छ । सोही कारण उपभोक्ताले प्रति पाउँच ५ रुपैयाँमा खरिद गर्नेे गुड्खालाई अहिले ८ रुपैयाँ तिर्नुपर्ने बाध्यता आएको छ ।

होलसेलरबाट नै महंगोमा गुट्खा आएकोले बाध्य भएर आफुहरुले मुल्यवृद्धि गर्नु परेका खुद्रा व्यापारीहरुको भनाई छ । उता भोला गुट्काको डिलरले भने आफुहरुले पुरानै रेटमा गुट्खा दिईरहेको तर होलसेलरले गुड्खा अनावश्यक स्टकमा राखी गुट्खाको कृतिम मुल्यवृद्धि गरेको बताएको छ ।

भोला गुट्खाको उत्पादक श्रीराम टोब्याको उद्योगले पनि गुट्खाको मुल्यमा कुनै पनि प्रकारको फेरबदल नगरेको बताएको छ । र तत्काल मुल्यवद्धि गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट समेत पारेको छ । आगामी दिनमा लकडाउन भएपनि उद्योग संचालनमा रोकतोक नगर्ने सरकार र उद्योगीहरु विच सहमति भएकाले गुट्खाको अभाव उद्योगले हुन नदिने बताएको छ ।
तसर्थ मौकाको दाउछोपी कलोबजारी गर्ने होलसेलरलाई प्रशासनले छानीछानी कारवाही गर्नु जरुरी देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]