०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

नक्कली रेम्डिसिभिर बनाउने दुईजाना विराटनगरबाट पक्राउ, सप्लायर्स पनि शंकाको घेरामा

Logo

विराटनगर, वैशाख २४
काेरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका विरामीलाई दिईने औषधी रेम्डिसिभिरको नक्कल बनाउने दुई जनालाई विराटनगरबाट प्रहरीले प्रक्राउ गरेको छ । सो अपराधमा विराटनगर– ४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘स्टासेफ’ नामको ईजेक्टरी भाईलमा नक्कली रेम्डिसिभिरको लेबल लगाएर महंगो मूल्यमा कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

स्टासेफ र रेम्डेसिभिर दुवैकाे बट्टा, साइज र आकार एउटै हुने भएकोले नक्कली लेबल लगाएर सो गिरोहले स्टासेफलाई रेम्डेसिभिर भन्दै बेच्ने गरेको खुल्न आएको छ । ‘स्टासेफ’ एन्टिबाइटीक औषधि हो जसको बजार मुल्य ९० रुपैयाँ मात्र छ । आर्को तर्फ रेम्डिसिभिरको बजार मुल्य साढे पाँच हजारसम्म पर्ने जानकार बताउँछन् । ति गिरोहोले नक्कली रेम्डिसिभिर समेत कालोबजारी गर्दै १३ हजारसम्म प्रति भाईल बेच्ने गरेको स्रोतको दावी छ ।

पक्राउ परेका सानु आलमलाई नक्कली रेम्डिसिभिर बनाउनका लागी स्टासेफ विराटनगरको श्री गणेश ड्रग हाउसले दिदै आएको समेत खुल्न आएको छ । उक्त ड्रग हाउसका संचालक सौरभ र गौरभ अग्रवाल दाजुभाई रहेको समेत खुलेको छ ।
अग्रवाल दाजुभाईले ठुलो मात्रामा स्टासेफ स्टक गरी राखेकाले नक्कली रेम्डिसिभिर बनाउने गिरोहसँगको साँठगाठ हुने सक्ने शंख्या समेत उब्जेको छ । सोही कारण अग्रवाल दाजुभाईको संखास्पद कारोबारलाई समेत नियामक निकायले शुुक्ष्म अनुुसन्धान गर्न जरुरी देखिएको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]