१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नक्कली रेम्डिसिभिर बनाउने दुईजाना विराटनगरबाट पक्राउ, सप्लायर्स पनि शंकाको घेरामा

Logo

विराटनगर, वैशाख २४
काेरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका विरामीलाई दिईने औषधी रेम्डिसिभिरको नक्कल बनाउने दुई जनालाई विराटनगरबाट प्रहरीले प्रक्राउ गरेको छ । सो अपराधमा विराटनगर– ४ नोबेल टिचिङ्ग हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘स्टासेफ’ नामको ईजेक्टरी भाईलमा नक्कली रेम्डिसिभिरको लेबल लगाएर महंगो मूल्यमा कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

स्टासेफ र रेम्डेसिभिर दुवैकाे बट्टा, साइज र आकार एउटै हुने भएकोले नक्कली लेबल लगाएर सो गिरोहले स्टासेफलाई रेम्डेसिभिर भन्दै बेच्ने गरेको खुल्न आएको छ । ‘स्टासेफ’ एन्टिबाइटीक औषधि हो जसको बजार मुल्य ९० रुपैयाँ मात्र छ । आर्को तर्फ रेम्डिसिभिरको बजार मुल्य साढे पाँच हजारसम्म पर्ने जानकार बताउँछन् । ति गिरोहोले नक्कली रेम्डिसिभिर समेत कालोबजारी गर्दै १३ हजारसम्म प्रति भाईल बेच्ने गरेको स्रोतको दावी छ ।

पक्राउ परेका सानु आलमलाई नक्कली रेम्डिसिभिर बनाउनका लागी स्टासेफ विराटनगरको श्री गणेश ड्रग हाउसले दिदै आएको समेत खुल्न आएको छ । उक्त ड्रग हाउसका संचालक सौरभ र गौरभ अग्रवाल दाजुभाई रहेको समेत खुलेको छ ।
अग्रवाल दाजुभाईले ठुलो मात्रामा स्टासेफ स्टक गरी राखेकाले नक्कली रेम्डिसिभिर बनाउने गिरोहसँगको साँठगाठ हुने सक्ने शंख्या समेत उब्जेको छ । सोही कारण अग्रवाल दाजुभाईको संखास्पद कारोबारलाई समेत नियामक निकायले शुुक्ष्म अनुुसन्धान गर्न जरुरी देखिएको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]