१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा उद्योगी अग्रवालमाथि साङ्घातिक आक्रमण

Logo

दिनेश खड्का

काठमाडौं, फागुन १
विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ । शनिवार राति शनिहाटको मेनरोडमा रहेको पान पसलमा पान खाईरहेको बेला उनीमाथि आक्रमण भएको हो ।

अग्रवाललाई आक्रमण गर्ने विराटनगर निवासी ४० वर्षीय पवन शर्मा रहेको जानकारी प्राप्त भएको छ । शर्माले कुटपिट गर्न रेलिङ रडको प्रयोग गरेको बुझिएको छ । कुटपिटवाट गम्भीर घाईते बनेका अग्रवाललाई ८ वटा टाँका समेत लागेकाे छ ।

स्रातेका अनुसार शर्माले धाकदम्की दिएर उद्योगी व्यासंगहरुसँग पैशा उठाउदै आएका थिए । उद्यागीे अग्रवालले शर्मालाई रकम दिन नमानेपछि सो घटना हुन पुगेको बुझनमा आएको छ ।

अग्रवाल विराटनगरको ठुलो खाद्यान्य व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य (नेउवा) महासंघ प्रदेश १ का कार्यकारी सदस्य समेत रेहका छन् । उक्त घटनाप्रति नेउवा महासङ्घ प्रदेश नम्बर १ समितिले विज्ञप्ती जारी गर्दै निन्दा गरेको छ । नेउवा महासङ्घ प्रदेश नम्बर १ का अक्ष्यक्ष टिकराज ढकालले यस्तो घटनाले उद्यागी–व्यवसायीलाई हत्तोसाहित बनाउने भएकाले यस्तो घटनालाई गम्भीरतापुर्वक लिन राज्य संयन्त्रलाई अग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]