३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा उद्योगी अग्रवालमाथि साङ्घातिक आक्रमण

Logo

दिनेश खड्का

काठमाडौं, फागुन १
विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ । शनिवार राति शनिहाटको मेनरोडमा रहेको पान पसलमा पान खाईरहेको बेला उनीमाथि आक्रमण भएको हो ।

अग्रवाललाई आक्रमण गर्ने विराटनगर निवासी ४० वर्षीय पवन शर्मा रहेको जानकारी प्राप्त भएको छ । शर्माले कुटपिट गर्न रेलिङ रडको प्रयोग गरेको बुझिएको छ । कुटपिटवाट गम्भीर घाईते बनेका अग्रवाललाई ८ वटा टाँका समेत लागेकाे छ ।

स्रातेका अनुसार शर्माले धाकदम्की दिएर उद्योगी व्यासंगहरुसँग पैशा उठाउदै आएका थिए । उद्यागीे अग्रवालले शर्मालाई रकम दिन नमानेपछि सो घटना हुन पुगेको बुझनमा आएको छ ।

अग्रवाल विराटनगरको ठुलो खाद्यान्य व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य (नेउवा) महासंघ प्रदेश १ का कार्यकारी सदस्य समेत रेहका छन् । उक्त घटनाप्रति नेउवा महासङ्घ प्रदेश नम्बर १ समितिले विज्ञप्ती जारी गर्दै निन्दा गरेको छ । नेउवा महासङ्घ प्रदेश नम्बर १ का अक्ष्यक्ष टिकराज ढकालले यस्तो घटनाले उद्यागी–व्यवसायीलाई हत्तोसाहित बनाउने भएकाले यस्तो घटनालाई गम्भीरतापुर्वक लिन राज्य संयन्त्रलाई अग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]