१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सेयर मार्केट अझै केही समय ओरालै

Logo

विराटनगर, फागुन २५
नेपाली सेयर बजार अझै केही समय ओरालो लाग्ने संभावना देखिएको छ ।
हाल बजारमा पैशाको अभाव छ । न व्यापारीसँग पैसा छ न त बैंकसँग नै ।

को संग छ त पैसा ?
स्थानीयतहको चुनाव नजिकिदै छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न व्यवसायमा लगानी गरेका नेताहरु अहिले मुठ्ठी कसेर बसेका छन् । उनीहरुसँग भएको पैसाँ रिलिज हुन अझै केही समय लाग्ने छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गतेलाई तोकिएको छ । टिकट फाईनल नभएसम्म उम्मिदवारहरुले पैशा झिक्नेवाला छैनन् । चुनावी प्रचार प्रसारले गतिलिन थालेसगै नेपाली बजारमा पैसा छरिन थाल्छ । अनी मात्र बजारमा पैशाको अभाव हराउँछ । तर नेताको ढिकुटी उघ्रन अझै चानचुन एक महिना जति लाग्छ र त्यतिन्जेल बजारमा पैशाको अभाव नै खड्किने छ ।

यो बेलासम्म सेयर मार्केट उकलो लाग्ने संभावना निकै न्युन छ । उकालो लागे पनि धेरै ठुलो अंकले बजार माथि जादैन । सेयर मार्केटका ठुला लगानीकर्ताहरु समेत अहिले ‘‘वेट एण्ड वाच” को अवस्थामा छन् । चुनावले सेयर बजारमा पार्ने असरका बुझेका ख्याक लगानीकर्ताहरुले दुई साता अघिनै अधिक्तम सेयर बेची उत्तानो परेर सुतिरहेका छन् ।

ब्याज बढ्दै सेयर घट्दै
बजारमा पैशा अभाव हुँदा उद्योगी तथा व्यापारीहरु पैशाको खोजीमा भौतारी रहेका छन् । उनीहरु बैंंकलाइ मोटो ब्याजदर दिएर ऋण उठाउन तयार छन् । तर दुरभाग्यबस यतिबेला बैंकसँग पनि पैसा छैन् । त्यहि भएर बैंकले पनि निक्षेपकर्तालाई मोटो ब्याज अफर गर्दै निक्षेप गर्न अनुरोध गरिरहेको छ ।
देशका प्रतिष्ठित बाणिज्य बैंकहरुलेनै अहिले १२ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज अफर गरिरहेका छन् । अर्कोतर्फ फिनान्सले १५ प्रतिशत र सहकारीले १८ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज अफर गरिरहेका छन् । सोही कारण यतिबेला सेयरका ख्याक लगानीकर्ताहरु डुब्ती सेयर मार्र्केटलाई छोडर बैंकमा सर्ट टर्म डिपोजिट गर्न रुचाईरहेका छन् ।

अब के गर्ने ?
सेयरमा लगानी गर्न चाहनेहरुले यतिबेला चुप लागेर बस्ने समय हो । बैंकमा सर्ट टर्म डिपोजिट गर्नु अथवा साधारण सेभिङबाट ब्याज खादँै बस्नुनै अहिले सेयर लगानीकर्ताको लागी उपयुक्त देखिएको छ । करिब चैतको अन्तिमबाट मात्रै नेपाली सेयर बजारले गतिलिन सक्ने जनचर्चा डट कमको प्रक्षेपण छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]