०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

३७ विद्यार्थीले पाए छात्रवृति

Logo

विराटनगर, चैत ९
सत्यनारायण माध्यमिक विद्यालयका ३७ विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको छ । स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रवृत्ति कोष र विद्यालयको आन्तरिक स्रोतबाट उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

कोष अन्तर्गत उत्कृष्ट अंक ल्याउने २२ जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रधान गरिएको छ । विद्यार्थिहरुलाई कोषका संरक्षक दिनबन्धु गोयल र मनोज गोयलले छात्रवृति रकम हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी विद्यालयको आन्तरिक स्रोतबाट वितरण गरिंदै आएको छात्रवृत्ति कार्यक्रम अन्तरगत १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले कक्षा ११ का विभिन्न संकायमा प्रथम हुने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

कार्यक्रममा काषेका संरक्षक दिनबन्धु गोयलले २० वर्षदेखि कोषले विद्यार्थीलाई छात्रवृति प्रदान गरिरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]