०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

स्थानीय चुनावकै मुखमा –कांग्रेस अन्तरकलहकै चर्चा

Logo

✍ निरज बस्नेत
विराटनगर चैत १०

शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको मृत्यु पश्चात् देखि नै नेपाली कांग्रेसको राजनीति ओरालोतर्फ उन्मुख भएकोे देखिन्छ । ऊँ बेला नै धेरैले भन्ने गर्थे कोईरालाको देहवसान पछि कांग्रेस मासिन्छ ।

पाँच पल्टसम्म प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवाको कमाण्ड पार्टिको केन्द्रिय सभापति पदमा समेत हुँदा झन कांग्रेस भड्खालोमा जाने आम बुद्धिजिवीहरुको दावी छ । गुट उपगुटले कांग्रेस थिलथिलो कमजोर भईसकेको छ । ईतिहासमै शक्तिशाली कांग्रेस कमजोर सावित बन्दैछ । नियमित चार वर्षमा हुन नसकेको महाधिवेशन देउवाको कमाण्डमा लाजमर्दो तरीकाले केहि समय अघि सम्पन्न भएको छ । कांग्रेसको विधान अनुसार स्वतः ४ वर्षमा महाधिवेश हुने प्रावधान छ तर विशेष परिस्थितिमा एक वर्ष थप्न पाईन्छ , त्यसै गरी ५ वर्षभित्र पनि नभएमा संविधान अनुसार ६ महिना थप्न मिल्छ । ४ वर्षलाई छोडेर थप एक वर्ष अनि छ महिना थप्नु पर्ने कुनै विषम परिस्थिति मुलुकमा थिएन । खाली काेरोना संक्रमणलाई मात्र कारण मानियो । जुन आमजनताले सजिलै कांग्रेस भित्रको अलोकतान्त्रिक पद्धतिलाई राम्ररी बुझ्ने मौका पाए । ढिलो महाधिवेशन हुनुमा प्रमुख दोषी देउवालाई नै मानिएको छ ।

लौह पुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले धोका दिनु शेखर कोईरालाको सभापतिमा हार हुनु प्रमुख कारण मानिएको थियो । सभापतिमा पुनः देउवा दोहरिनु अब कांग्रेस सिद्धिनु हो भन्ने केही कांग्रेसीहरुको बुझाई छ । तत्कालीन समयमा राजाले असक्षम घोषणा गरी गलहत्याउनु, संसद विघटन गर्नु, महाकाली सन्धीमा भुमिका खेल्नु, त्यसैगरी कयौंको बुझाईमा राष्ट्रघाती मानिएको एमसीसी सदनबाट पास गर्नु देउवाको लोकप्रतिता मासिनु प्रमुख कारण मध्येहरुका केही कारणहरु हुन् । श्रीमती आरजु राणाको ज्यादा राजनितिमा दखल अन्दाज हुनु पनि देउवा पतनको अर्को पाटो मानिएको छ ।

कांग्रेसमा गुटमा मात्र रमाउनु देउवा, कोईराला, पौडेल, सिटौला आदि लगाएतको डरलाग्दो समस्या जहाँको त्यही छ । विराटनगरमा स्वर्गीय गिरिजा प्रसाद कोईरालाको प्यारो निवासमा बस्नु, स्वर्गीय गिरिजाकै कोठामा सुत्नु, त्यहीवाट राजनिति गरेर मात्रै फड्को मार्न सकिदैन, शेखरका कमजोरी अनगिन्ती छन् । सानो सानो गुट जन्माई रहनु, अहंमता, दम्भले उनी झन् ओरालो तर्फ छन् । केन्द्रिय महाधिवेशनमा हैसियत भन्दा माथिको पद दावी गर्दा कोईराला ४१ प्रतिशतमा खुम्चिन पुगे ।

विगतमा कृष्ण प्रसाद सिटौला क्याम्पमा खडा भएका अवसरवादी गगन कुमार थापालाई विश्वास गर्नु, प्रकाशमान, विमलेन्द्र लगाएतको धोकाधडीले आज कोईरालाको राजनितीलाई जनताको नजरमा उपलब्धी शुन्यमा पुग्न पुग्न लागेको देखिन्छ । कोईरालाको हकमा आउदो संघिय चुनावमा सासंद जित्नु फलामको चिउरा चपाए सरी हुनेछ । पुराना बौद्धिक नेता महेश आचार्यको रुवावासी चल्दै छ । अन्तिम पटक मोरङ ४ वाट संघिय सासंदको प्रत्यक्षतर्फको टिकट हातपार्नु नै आचार्यको अहिलेको पार्टीभित्र अन्र्तसंघर्ष जारी रहेको देखिन्छ । स्मरण गरौं, आचार्य यो क्षेत्रमा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदीसंग पराजित हुन पुगेका थिए ।

३० वैशाख २०७९मा स्थानिय चुनाव हुँदैछ । निर्वाचन आयोगले जगत हसाउने चुनावी आचार संहिता पैसाको हकमा लागु गर्ने बताएको छ । महानगरका मेयरका प्रत्यासीले सात लाख पचास हजार मात्र खर्च गर्न पाउने । सानो बच्चाले पनि गिज्याँउछ । करोड करोडको खेलको रमिता खुलेआम चल्छ । एक अर्कालाई सिद्धियाउन खुलेर तल्लो स्तरसम्म उम्मेदवारहरु गिर्छन् । अहिले नै शेर बहादुर, केपी, प्रचण्ड, माधवका बकम्फुसे यो र त्यो खोक्रा भाषणवाजी चली नै रहेको छ । काग्रेस भित्रकै डरलाग्दो अन्र्तघातले भयानक रुपधारण गर्दै विगतदेखि आज र भोलीसम्मको राजनिती फोहरी खेलमा डुब्ने अड्कल काटिएको छ । आफुलाई लोकतन्त्रको हिमायती मान्ने, सबैभन्दा पुरानो पार्टी ठान्ने कांग्रेसभित्रको किचलो यसै अन्तः हुने सम्भावना झिनो छ । आउदो स्थानीय चुनाव ७५३ पालिका ६७४३ वडासम्म हुनेछ । जुंगाको यो लडाईमा कांग्रेसको स्तर कुन हदसम्म पुग्छ भावीले तय गर्ने छ । आगे जनता जनार्दन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]