२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

नयाँ दिल्लीजस्तै नयाँ विराटनगर बनाउने याेजना

Logo

विराटनगर, वैशाख १५

आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भईसकेको बताएका छन् । यो अभियानलाई मूर्त रुप दिन भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कमद हुने उनले स्पष्ट गरेका छन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले चुनाव जितेर महागनरको नेतृत्वमा पुगेपछि विराटनगरबासीको चाहना र आकांक्षाअनुरुपको विराटनगरको पुर्ननिर्माण आफ्नो कर्तव्य हुने बताए ।

बुधबार विराटनगरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले भने,“म विराटनगरमा जन्मेर हुर्केको मानिस हुँ । मैले विराटनगरको हावापानी बुझेको छु । महानगरबासीको चाहनासँग पनि परिचित छु । त्यसैले नगरबासीको विकासप्रतिको चाहना नै मेरो प्रतिबद्धता हुनेछ ।”

 

महानगरका सबै प्रशासनिक र आर्थिक गतिविधिलाई अत्याधुनिक डिजिटल प्रविधिमा प्रतिबद्धता जनाउँदै उनले प्रविधि प्रयोगबाट सेवा लिन महानगरबासीलाई समेत अभ्यस्त गराउने आफ्नो योजना रहेको सुनाए । समयको वचत र अनावश्यक काम लम्बिने झन्झटबाट सेवाग्राहीलाई मुक्त गर्ने कोइारालाको भनाइ थियो ।

“प्रविधिको प्रयोगबाट भएका भए अनियमितता रोक्नसमेत मद्दत पुग्छ,” उनले भने,“महानगरको विकास जनताको चाहना, राजनीतिक नेतृत्वको सोच र कर्मचारीतन्त्रको कार्यान्वयनबाट मात्र संभव हुने भएकोले सबै पक्ष उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्छ ।”

महानगरबाट हुने सेवा प्रवाहमा कुनै किसिमको भेदभाव नगरी नगरबासीले देख्ने अनि महसुस हुने गरीको परिवर्तनको योजना आफूसँग भएको कोइरालाले सुनाए । उनले भने,“ठाउँ विशेष हेरेर विकासका योजना संचालन गर्ने होइन बरु आवश्यकता, माग र एकरुपताको आधारमा गर्नेछु ।” विराटनगरबासी आफ्ना परिवारका सदस्य भएकाले यो चुनावमा अत्यधिक मत दिएर आफूलाई जनसेवा गर्ने अवसर प्रदान गर्नसमेत कोइरालाले आग्रह गरे ।

महानगर अस्पताल निर्माण गर्नेदेखि विपन्नहरुको पहुँचमा स्वस्थ्य सेवालाई पुर्याएर उदाहरण पेश गर्नेसम्मको योजना बनाएको कोइरालाले सुनाए । “औद्योगिक नगरबाट विस्थापित उद्योगलाई पुनः संचालन गर्न उद्योगी र औद्योगिक क्षेत्रलाई आग्रह गर्छु । सकेको केन्द्रीय स्तरमा समेत पहल गर्नेछु ।”

सिंघिया र केसलिया खोलामा तटबन्धन निर्माण गरी बस्ती संरक्षण गर्ने, ग्रिनबेल्टको अवधारणालाई मूर्त रुप दिने, विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महानगरले सहयोग गर्ने, शुद्ध पिउने पानीको पहुँच बढाउने, विराटनगरलाई स्वच्छ र सफा राख्न सरसफाईका गतिविधिहरु संचालन गर्ने योजना रहेको सुनाए ।

‘ल्यण्ड पुलिङ’मार्फत जग्गा खरिद गरी १० हजार सुकुम्बासीको बसोबास प्रबन्ध गर्ने, बनेका बाटो, नाला र सडक संरक्षणमा काम गर्ने, पूर्व प्रधानमन्त्रीहरुको पहिचान झल्काउने शालिक निर्माण गरी राजनीतिक पर्यटन प्रवद्र्धनको गर्न काम अघि बढाउने कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]