१९ माघ २०८२, आइतबार
01-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नयाँ दिल्लीजस्तै नयाँ विराटनगर बनाउने याेजना

Logo

विराटनगर, वैशाख १५

आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भईसकेको बताएका छन् । यो अभियानलाई मूर्त रुप दिन भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कमद हुने उनले स्पष्ट गरेका छन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले चुनाव जितेर महागनरको नेतृत्वमा पुगेपछि विराटनगरबासीको चाहना र आकांक्षाअनुरुपको विराटनगरको पुर्ननिर्माण आफ्नो कर्तव्य हुने बताए ।

बुधबार विराटनगरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले भने,“म विराटनगरमा जन्मेर हुर्केको मानिस हुँ । मैले विराटनगरको हावापानी बुझेको छु । महानगरबासीको चाहनासँग पनि परिचित छु । त्यसैले नगरबासीको विकासप्रतिको चाहना नै मेरो प्रतिबद्धता हुनेछ ।”

 

महानगरका सबै प्रशासनिक र आर्थिक गतिविधिलाई अत्याधुनिक डिजिटल प्रविधिमा प्रतिबद्धता जनाउँदै उनले प्रविधि प्रयोगबाट सेवा लिन महानगरबासीलाई समेत अभ्यस्त गराउने आफ्नो योजना रहेको सुनाए । समयको वचत र अनावश्यक काम लम्बिने झन्झटबाट सेवाग्राहीलाई मुक्त गर्ने कोइारालाको भनाइ थियो ।

“प्रविधिको प्रयोगबाट भएका भए अनियमितता रोक्नसमेत मद्दत पुग्छ,” उनले भने,“महानगरको विकास जनताको चाहना, राजनीतिक नेतृत्वको सोच र कर्मचारीतन्त्रको कार्यान्वयनबाट मात्र संभव हुने भएकोले सबै पक्ष उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्छ ।”

महानगरबाट हुने सेवा प्रवाहमा कुनै किसिमको भेदभाव नगरी नगरबासीले देख्ने अनि महसुस हुने गरीको परिवर्तनको योजना आफूसँग भएको कोइरालाले सुनाए । उनले भने,“ठाउँ विशेष हेरेर विकासका योजना संचालन गर्ने होइन बरु आवश्यकता, माग र एकरुपताको आधारमा गर्नेछु ।” विराटनगरबासी आफ्ना परिवारका सदस्य भएकाले यो चुनावमा अत्यधिक मत दिएर आफूलाई जनसेवा गर्ने अवसर प्रदान गर्नसमेत कोइरालाले आग्रह गरे ।

महानगर अस्पताल निर्माण गर्नेदेखि विपन्नहरुको पहुँचमा स्वस्थ्य सेवालाई पुर्याएर उदाहरण पेश गर्नेसम्मको योजना बनाएको कोइरालाले सुनाए । “औद्योगिक नगरबाट विस्थापित उद्योगलाई पुनः संचालन गर्न उद्योगी र औद्योगिक क्षेत्रलाई आग्रह गर्छु । सकेको केन्द्रीय स्तरमा समेत पहल गर्नेछु ।”

सिंघिया र केसलिया खोलामा तटबन्धन निर्माण गरी बस्ती संरक्षण गर्ने, ग्रिनबेल्टको अवधारणालाई मूर्त रुप दिने, विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महानगरले सहयोग गर्ने, शुद्ध पिउने पानीको पहुँच बढाउने, विराटनगरलाई स्वच्छ र सफा राख्न सरसफाईका गतिविधिहरु संचालन गर्ने योजना रहेको सुनाए ।

‘ल्यण्ड पुलिङ’मार्फत जग्गा खरिद गरी १० हजार सुकुम्बासीको बसोबास प्रबन्ध गर्ने, बनेका बाटो, नाला र सडक संरक्षणमा काम गर्ने, पूर्व प्रधानमन्त्रीहरुको पहिचान झल्काउने शालिक निर्माण गरी राजनीतिक पर्यटन प्रवद्र्धनको गर्न काम अघि बढाउने कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]