२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

बस्नेतको उम्मेदवारी वडाअध्यक्षमा

Logo

निरज बस्नेत
विराटनगर, वैशाख २५
बिराटनगर महानगरपालिकाको सबैभन्दा बढी मत रहेको वडामध्ये ३ नम्बर सर्वाधिक चर्चामा रहेको छ । शत्रुघन पौडेललाई कांग्रेसको बागी उम्मेदवार बनाएको असन्तुष्ट खेमाको भनाइ रहेको छ । स्वतन्त्रबाट चुनाव चिन्ह चापाकल लिइ पौडेलले वडा अध्यक्षको उम्मेदवारी दिएका हुन् । यहाँ नेकपा एमालेबाट वासु बस्नेतको वडा अध्यक्षमा उमेदवारी परेको छ ।

बस्नेतको टिमका अन्य सदस्यहरुमा, ढुन्डिराज पोखरेल ,सुरज न्यौपाने ,मालिका निरौला ,अरुणा परियार(दलित) छन् । यही खारीएको टिमले प्यानल नै जित्ने बस्नेतको दाबी रहेको छ । कुल १२ हजार आसपास मत रहेको यस वडामा ७ हजार मत खस्ने अनुमान छ । ३ हजार मत ल्याउनेको वडा अध्यक्षमा जित सुनिश्चित हुन्छ । यसअघि यस वडामा कांग्रेसका बिनोद बस्नेतले २ हजार ४ सय १३ मत ल्याई विजयी भएका थिए । निकटतम प्रतिद्धन्द्धी को २ हजार २ सय ४६ रहेको थियो । जित हारको मतान्तर १ सय ६७ रहेको थियो ।

वि. सं २०२० साल ८ महिना ९ गते जन्मेका वासुको जिवीकोपार्जनको मुख्य सो्रत खेतीपाती नै हो । किसान पृष्ठभुमिका बासुको राजनैतिक यात्रा राधाकृष्ण मा.वि. बाट कक्षा १० मा पढ्दै गर्दा सुरु भएको हो । मुख्य चुनाबी एजेन्डामा डुबानको सम्याको हल, धुलाम्य सडकलाई चिल्ला सफा अपांगमैत्री हरियाँली बनाउने, शिक्षा, स्वास्थ्य सरसफाई एवम जेष्ठ नागरिकको सुविधामा सहजीकरण लागाएत छन् । जमानामा पूर्व माले देखि आजसम्म लालझन्डाकै सेरोफेरोमा आफ्नो जिवन अर्पण गरेका वासुको जित पक्का रहेको वडावासीहरु बताउँछन् । वासु निकटतम प्रतिद्धन्द्धी कांग्रेसका बागी उम्मेदवारलाई नै मान्छन् । तथापि आफु ३ नम्बर वडा मा निश्चित बिजय हुने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]