०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कटहरी गाउँपालिकाको अध्यक्षमा देवराज चौधरी विजयी

Logo

बिराटनगर, जेष्ठ ४
निरज बस्नेत
बिराटनगर संग सिमाना जोडिएको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । ६ हजार ५ सय ६५ मत ल्याएका चौधरीले निकटतम प्रतिद्धन्द्धी एमालेका सुवास सरदारलाई ८ सय ८३ मतान्तरले हराएका हुन् । सरदारको ५ हजार ६ सय ८२ मत आएको हो । लोकप्रिय चौधरीलाई कटहरीवासीले रुचाएको देखियो ।

यसअघि यस गाउँपालिकामा ७४ को स्थानीय चुनावमा कांग्रेसकै रामकुमार कामत विजयी भएका थिए । त्यस्तैगरी गाँउपालिका उपाध्यक्ष्यमा कांग्रेसले आफ्नो साख गिराएको छ । एमालेकी सितादेवी राजवंशीले कटहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी हात पारेकी छिन् । ५ हजार ८ सय ४८ मत सहित राजवंशीले कांग्रेसकी मन्जिता सरदारलाई १ सय ४३ मतान्तरले हराएकी छिन् । यसअघि ७४ को स्थानीय चुनावमा उपाध्यक्षमा यिनै मन्जिता विजयी भएकी थिईन् ।

५० हजारको हाराहारीमा जनसंख्या रहेको यस गाउँपालिकामा २७ हजारको आसपास मतदाता रहेको छ । ७ वटा वडा छन् । १, २, ५, ६ र ७ गरी एमालेले ५ वटा वार्डमा विजय प्राप्त गरेको छ । कांग्रेसको भागमा ३ र ४ परेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]