१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कटहरी गाउँपालिकाको अध्यक्षमा देवराज चौधरी विजयी

Logo

बिराटनगर, जेष्ठ ४
निरज बस्नेत
बिराटनगर संग सिमाना जोडिएको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । ६ हजार ५ सय ६५ मत ल्याएका चौधरीले निकटतम प्रतिद्धन्द्धी एमालेका सुवास सरदारलाई ८ सय ८३ मतान्तरले हराएका हुन् । सरदारको ५ हजार ६ सय ८२ मत आएको हो । लोकप्रिय चौधरीलाई कटहरीवासीले रुचाएको देखियो ।

यसअघि यस गाउँपालिकामा ७४ को स्थानीय चुनावमा कांग्रेसकै रामकुमार कामत विजयी भएका थिए । त्यस्तैगरी गाँउपालिका उपाध्यक्ष्यमा कांग्रेसले आफ्नो साख गिराएको छ । एमालेकी सितादेवी राजवंशीले कटहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी हात पारेकी छिन् । ५ हजार ८ सय ४८ मत सहित राजवंशीले कांग्रेसकी मन्जिता सरदारलाई १ सय ४३ मतान्तरले हराएकी छिन् । यसअघि ७४ को स्थानीय चुनावमा उपाध्यक्षमा यिनै मन्जिता विजयी भएकी थिईन् ।

५० हजारको हाराहारीमा जनसंख्या रहेको यस गाउँपालिकामा २७ हजारको आसपास मतदाता रहेको छ । ७ वटा वडा छन् । १, २, ५, ६ र ७ गरी एमालेले ५ वटा वार्डमा विजय प्राप्त गरेको छ । कांग्रेसको भागमा ३ र ४ परेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]