०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

डान्स सेंन्टर उद्घाटन

Logo

बिराटनगर, जेष्ठ ६
निरज बस्नेत
बिराटनगर ११ नयाँ गुद्री नजिक मनकामना डान्स सेंन्टरको उद्घाटन भएको छ । ३ जनाको संयुक्त लगानीमा सेंन्टरको औपचारिक शुरुवात आजबाट भएको छ । बिराटनगरका घनिन्द्र मगर, संगिता राई र राजन राजवंशी यस डान्स सेंन्टरका संचालकत्रय हुन् ।

५ लाख लगानी रहेको सेंन्टरमा सबैखाले डान्स क्लासहरु हुनेछन् । बिराटनगरको चिरपरिचित अनुहार नृत्य सम्राट प्रेम सुनामले यस डान्स सेंन्टरको रिबन काटी उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै सुनामले संचालकत्रयलाई मुक्तकण्ठले बधाई दिएँ ।

कार्यक्रमका सभापति समाजसेवी राममोहन श्रेष्ठले सबैलाई बधाई दिदै शरिर स्वस्थ राख्न नृत्य अनिवार्य भएको प्रतिकृया व्यक्त गरे । कार्यक्रमका अतिथि सारडा ग्रुप अफ कम्पनिजका एरिया सेल्स म्यानेजर गोविन्द दाहालले मन्तव्य व्यक्त गर्ने क्रममा आफुलाई निमन्त्रणा गरेकोमा खुशी व्यक्त गर्दे भने मानव स्वास्थ्यलाई नृत्य अनिवार्य हुने बताएँ । यस अवसरमा समाजका अन्य गन्यमान्य मानिसहरुको समेत उपस्थिती रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]