१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उद्योगी गिरेन्द्रको धोकाधडीले सागरको मत खस्कियो

Logo

निरज बस्नेत
विराटनगर, जेठ ७
बिराटनगर महानगरपालिकाको अन्तिम मतपरिणाम आईसकेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईराला ३० हजार १ सय ७० मतका साथ विजयी भएका छन् । एमालेबाट मेयरकै प्रत्यासी सागर थापाले २१ हजार ४ सय ५५ मत मात्र ल्याउन सके ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाको चट्टानी अडानले मेयरको टिकट पाएका नागेशले विराटनगरमा सोचे मुताविकको मत पाए । आम मतदाताले नागेशलाई मन पराएको देखियो ।
प्रत्यासी सागरको हकमा भने सोचे मुताविकको मत आएन । चुनावी प्रचार–प्रसार ताका विराटनगरका उद्योगी गिरेन्द्र कार्कीले गरेको असहयोगको कारण थापाको मतदाताहरु बिच्किएको बजारमा हल्ला छ । दुईजना विच भएको अन्तरिक सम्झदारीमा गिरेन्द्रले धोकाधडी गरेपछि सागरको मतदाता बिच्किएको बुझ्नमा आएको छ ।

एमालेबाटै विराटनगरको उपमेयरमा उठेकी आफ्नी धर्मपत्नी शिल्पालाई जिताउन सागरसँग उद्योगी गिरेन्द्रले केही आपसी सम्झौता गरेको स्रोत बताउँछ । सम्झौता अनुसार राजनितीक पृष्ठभुमि र जनआधार बलियो भएका सागरले, शिल्पालाई जनसम्पर्क बढाउन सहयोग गर्ने र त्यसबापत उद्योगी गिरेन्द्रले चुनावी प्रचार–प्रसारमा सागरलाई आर्थिक सहयोग गर्ने सम्झदारी भएको थियो ।
सम्झदारी अनुसार चुनावी प्रचार–प्रसारताका सागरले शिल्पालाई दिल खोलेर सहयोग गरेका थिए । सागरले शिल्पाको लागी भोट मात्र मागेनन्, आफुसँग पकडमा रहेका एक एक सुभचिन्तकलाई शिल्पाको पक्षमा स्थापित गराईदिए ।

तर गिरेन्द्रले भने समझदारी अनुरुप सागरलाई सहयोग गरेनन् । सागरका सिफारिसमा प्रचार–प्रसारका लागी जायज खर्च माग्न गएका एमाले कार्यकर्तालाई गिरेन्द्रले अझ भड्काउने काम गरेको भुक्तभोगी सुनाउँँछन् । “तपाँईको नाम सागर जीले सिफरिस गर्नु भएको छैन्, बरु उपमेयरमा शिल्पालाई सहयोग गर्नुस् म तपाईलाई गर्नु पर्ने गरौला” गिरेन्द्रको भनाई उद्धत गर्दै एक भुक्तभोगीले सुनाए ।

आज सोही रुष्ठ जमातको प्रतिक्रिया मतपत्रमा प्रष्टसँगले देखिएको छ । यसरी गिरेन्द्रले सागरको हजारौं भोट बिगारेर एकलौटी शिल्पाको पक्षमा मतदान गर्न लगाएको अहिले स्थानीय राजनितीक वृतमा चर्चा चलेको छ । गिरेन्द्रको यो कुर्तुतलाई अहिलेको भोट प्याटर्नले पनि पुष्ठि गरेको छ । अन्यथा, शिल्पाले सागरलाई भोट संख्यामा उछिन्ने थिईनन् । किनभने शिल्पा भन्दा सागरको जनमत प्रष्ट देखिन्छ ।
तर गिरेन्द्रको धोकेधाडी राजनिती दिर्घकालीन टिक्न सक्दैन र यसको परिणाम आगामी दिनहरुमा शिल्पाले प्रत्यक्ष र अप्रत्यक्ष रुप भोग्नु पर्ला जस्तो देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]