२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

कानेपोखरी जक्सन

Logo

बिराटनगर, जेष्ठ १२
निरज बस्नेत
कुनै समय थियो, जुन समय याद गरौ एकपटक, खीर, चना, आलुदम, वाह कति स्वादिलो मिठो पकवान । हो, मोरङको कानेपोखरीमा यसको स्वाद लिन पल्केका स्वादपारखीहरुलाई पक्कै पनि तरोताजगी भयो होला ।

बिराटनगर महानगरपालिकादेखि उत्तरपूर्वमा अवस्थित यो सुन्दर नगरी अहिले गाँउपालिका भएसँगै यहाँको सुन्दरतामा विस्तारै ह्रास आउँदै गईरहेकाे छ । पश्चिम स्टेण्डमा गाडी रोक्नासाथ हरियो वर्रो सिजन अनुसारको सागपात, फलफूल बेच्न तछाडमछाड कम्तिको रोचक छैन । के महिला, के पुरुष, बालबच्चा समेत गाडीको झ्यालमा चिच्याउँदै, कराउँदै फलानो साग, फलानो फलफूल लिने लिने भन्दा उनीहरु आफ्नै दुनियामा हराएको अनुभूति मिल्दछ । अहिले निगुरो, सिजनको मालभोग केराको विक्री ह्रवात्तै बढेको छ ।

स सानो पसलमा जुस, बिस्कुट, चाउँचाउँ, चिप्स थाप्नेको बेग्लै जमात छ । संगैको पछाडी भागमा रहेको सार्वजनिक शौचालयको दुर्गन्धले पुरै कानेपोखरीलाई नै गिज्याइरहेको अवस्थामा खासै प्रगति भएको छैन । न त सरोकारवाला निकायको ध्यान नै पुगेको देखिन्छ ।
स्वर्गिय श्याम मगरको जोजोलोपा होटल एण्ड सेकुवा कर्नर पूर्व लाईनको लेटाङ स्टेण्डको ठिक अगाडी अपोजिटमा छ । यहाँ एक युवती जो हाल ब्याचलरमा अध्ययनरत छिन् । यिनी खुबै मिहिनेत गर्छिन् । सेकुवा, थुप्पा, चाउमिन, भटमास चिउरा लगायत अन्य परिकार स्वादिष्ट बनाउँछिन् । यिनको हातमा जादु नै छ भन्छन् बिराटनगर ११ का रुद्र खड्का । कानेपोखरीदेखी उत्तरमा आधा आधा घण्टाको फरकमा साँझ ५ बजेसम्म नियमित सार्वजनिक बस संचालन हुन्छ । ९ किमीको भाडाँ रु. ५० पर्छ । बाटो लेटाङसम्म पिच नै छ ।
दक्षिणतर्फबाट रमाईलोसम्म केहि गाडीहरु सुचारु छ । जम्मा ५ किमीको भाडाँ रु ५० पर्छ । यतातर्फको बाटो पनि पिच नै छ । सानाठूला गरि ५० भन्दा बढिको संख्यामा चिया नास्ता होटल व्यवसाय संचालनमा छ ।

कसैलेपनि यहाँ पैसा तिरेर घडेरी खरिद नगरेको स्वयम् यहाँका स्थानीय बताउँछन् । पुस्तौदेखि जंगलको जमिन भोगचलन गर्दे यस ठाउँको अस्तित्व जोगाउँदै आएको बताउँछन् ।टेम्पो, सिटी सफारी लगायत अन्य पब्लिकको हकमा समेत यहाँ संचालित सार्वजनिक साधनहरु छन् । जुन, लेटाङ, रमाईलो रु. १ सय, आईतवारे रु. ५० पर्छ । जुन लुटमाथिको मनपर्दि हो भन्छन् स्थानीय तर पनि गाउँपालिका कार्यालय, वडा कार्यालय मौन छ । फर्किदाको हकमा भने रु. ५० र रु. ३० पर्छ ।
निजी क्षेत्रको एनसेलको टावर खासै लाग्दैन । एनटिसीको सेवा भने राम्रो मान्नुपर्छ । साँझमा बियर, रम, रक्सी, मासु लगायत परिकार खानेहरुको राम्रै उपस्थिती देखिन्छ । बिहान चना चिउरा, थुप्पा त्यस्तैगरि चिया एवम् दिनभरि नास्ता खानाको पनि राम्रै व्यवस्था भएकै कारण टाढाटाढाका मानिसहरुको विशेष चहलपहल देखिन्छ ।
कानेपोखरी गाउँपालिकाका निर्वतमान अध्यक्ष तारा प्रसाद काफ्लेको दूरदृष्टिले गर्दा ५ बर्षे कार्यकालमा राम्रै प्रगति भएको मान्न सकिन्छ । आगामी ५ बर्षे कार्यकालको लागि गाउँपालिकाले होनहार महिला अध्यक्षको रुपमा राजमती इङनाम पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]