२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

बिराटनगरमा ओली दम्भ

Logo

बिराटनगर, जेष्ठ २७
निरज बस्नेत
नेकपा एमाले मोरङद्दारा आयोजित वृहत कार्यकर्ता भेला बिराटनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली थिए । कार्यक्रम बिहान ११ बजे तय गरिएको थियो । ओली भने दिउँसो २ बजे आईपुगे । कार्यक्रम ओली आउँनुअघि नै शुरु भएको हो ।

ओली आउँनुअघि नै कार्यक्रममा केहि एमालेका जिम्मेवार नेताको भाषण सकिसकेको थियो । ओली कार्यक्रम हलभित्र प्रवेश गर्दा एमाले सांसद भानुभक्त ढकालको सम्बोधन चलिरहेको थियो । हरेक कार्यक्रममा अक्सर ओली ढिला पुग्नाले आम कार्यकर्तामा एक प्रकारको वैमनस्यता पैदा हुनेगरेको छ । यसबाट ओली स्वयंलाई घाटा नै भईरहेको छ ।

कार्यक्रममा ढिला आउँदा आफुमुनिकाको वास्तविकतामा गुनासो सुन्न पाईदैन, परिणामतः पार्टी कमजोर दिशातर्फ जाँन्छ । कार्यक्रम स्थल शुरुमा बरगाछी उत्तर मनास्लु होटल ईनमा राखिएको थियो । पछि एक्कासी एमाले नेता भोला बरालको कंचनजंघा पार्टी प्यालेसमा सारियो । ओली कार्यक्रम हलभित्र छिरेको आधा घण्टा पछि सम्बोधनमा उत्रिएँ ।

कुर्सीमै बसेर १ घण्टा बढी लामो भाषणले उपस्थित धेरैलाई वाक्कदिक्क बनायो । सम्बोधनका क्रममा अधिकांश समय ओलीले शेरबहादुर देउवा, प्रचण्ड, लगायतलाई गाली गर्देमा खर्चिएँ । मोरङ जिल्लाभरका १७ पालिकामध्ये एमालेले ९ पालिका प्रमुख र १२ पालिका उपप्रमुख जितेको हो । यही जितको हुटहुटी सहितको दम्भ ओलीमा प्रष्ट देखियो ।

सिट संख्यामा केहि तलमाथि भएको र अहिले पनि ७ वटै प्रदेशमा एमाले १ नं. पार्टी भएको ओलीको घमण्ड पुनः दोहोरियो । कार्यक्रममा एमालेका अन्य नेताहरु, अग्नि खरेल, शेरधन राई, लालबाबु पण्डित, जिवन घिमिरे, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मोरङ जिल्लाभरका एमालेबाट बिजेता स्थानीय जनप्रतिनिधिहरुलाई सफल कार्यकालको ओलीले शुभकामना समेत दिएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]