०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

बदनाम जनप्रतिनिधि निकम्मा कर्मचारी

Logo

बिराटनगर, जेष्ठ २९
निरज बस्नेत
भर्खरै स्थानीय निकाय निर्वाचन सम्पन्न भएको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमा यतिबेला नवनिर्वाचित जनप्रतिनिधिहरुको राम्रै चहलपहल शुरु भईसकेको छ । प्राय स्थानीय निकायमा नयाँ अनुहार छन् । केहीमा पूरानैले बाजी मारेका छन् । यसपाली स्वतन्त्र उम्मेदवारको गज्जबको ट्युनिङ मिलेको देखिन्छ ।

काठमाडौंमा बालेन साहको स्वतन्त्रबाट जित हुनु, धरानमा स्वतन्त्रकै हर्क साम्पाङको जित हुनुले समेत ठूला दलहरुलाई गतिलै सबक सिकाएको छ । अबपनि ठूला भनिएका दलहरुको बेलैमा बुद्धि पलाएन भने आगामी दिनमा धेरै अप्ठ्यारो पर्नसक्छ ।

चुनावताका विभिन्न पार्टीका नेताहरुले यो त्यो बहानामा मत आफुतर्फ आकर्षित गर्न अनेक हतकण्ठा अपनाउँदै थुप्रै वाचाहरु गरेका छन् । आम मतदाताप्रतिको ईमान्दिारिता अब व्यवहारतः पूरा क्रमशः काम गर्ने समय शुरु भईसकेको छ । यसमा दलका नेताहरुले पूरानै उही भ्रष्ट केही कर्मचचारीसंग मिलेर नीतिगत रुपमै भ्रष्टचारमा लिप्त हुन तर्फ अग्रसर रहेभने जनताले कठालो समात्ने दिन नआउँला यसै भन्न सकिन्न ।

हिजोका दिनमा धेरै जनप्रतिधिहरु यसैपनि आर्थिक अनियमिततामा मुछिएर बदनाम भईसकेका छन् । यस मामलामा निकम्मा केहि कामचोर कर्मचारीको मिलेमतो भएकै हुन्छ ।
स्थानीय तहमा दलका नेताहरुले चुनावताका बेलामा आम मतदातालाई आफु केन्द्रित आकर्षित गर्न अझ भनौं आफ्नो जित सुनिश्चित गर्न पैसा भरपूर खर्च गरेका हुन्छन् । जब पैसाकै बलमा चुनाव जित्छन्, आफ्नो लागेको लगानी अवश्य उठाउँछन् । यो स्वभाविक पनि हुनजान्छ ।

कसैलेपनि आफुले गरेको लगानी शतप्रतिशत भन्दा बढि उठाउने योजना नै बनाएको हुन्छ । हो, यहीनिर राजनीति फाहोरी खेल बनिदिन्छ । राजनीति पवित्र उद्धेश्यले नभई फाईदाको हिसाबले गरेको पाईन्छ । यतिमा मात्र सिमित नभई आफ्ना आसेपासेलाई सेटिंङमा ठूलाठूला परियोजना पार्ने अनि पर्सनल कमिशन लगायत अन्य थुप्रै शिर्षकमा पैसा झ्वाम्मै पार्ने, यो सब कुकर्ममा कर्मचारीको धेरै हदसम्म मिलेमतो हुन्छ ।

करारमा काम गर्ने कर्मचारी भन्दा यसमा लोकसेवा पास गरी खारिएर काम गर्न सक्ने एक्स्पर्टकै बढी संलग्नता भएको पाईन्छ । यो एकदमै दुःखद विषय हो । आम सेवाग्राहीको काम जतिसक्दो ढिला गर्ने परिपाटीले गर्दा आज स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि बदनाम त छदैछन् । झन् बढी कर्मचारी निकम्मा प्रमाणित हुदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]