०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

झ्याप– झ्याप लाईन आउँछ–जान्छ

के प्राधिकरणले क्षतिपुर्ति दिन्छ ? उपोभोेक्ताको प्रश्न
Logo

 

दिनेश खड्का
विराटनगर, श्रावण ३१

विद्यृत प्राधिकरणले बिहिबार राती अत्याधिक मात्रामा विद्युली प्रवाह गर्दा विराटनगर निवासी सुजन दाहलको घरमा भएका सबै विद्यृतिय उपकरणहरु शर्ट भई बिग्रिए । अत्याधिक विद्युत प्रवाहको कारण उनको घरमा भएका बल्ब, टिभी, पंखा, फ्रिज लगाएतका उपकरणहरु शर्ट भई बिग्रीएको उनले सामाजिक संजालमार्फत सबैलाई जानकारी समेत गराए । विराटनगर ३ पोखरीया निवासी दाहलले फेसबुकमा स्ट्याट्स लेख्दै भने ‘‘ बिद्दुत प्राधिकरणको चरम लापरबाहीले बडी भोल्टेज आइ फ्रीज, पंखा, वल, टीभी सबै सर्ट भै बिग्रीयो । के प्राधिकरणले क्षतीपुर्ती दिन्छ र ? ’’
यो एउटा प्रतिनिधि घटना मात्र हो, पछिल्लो समय विद्यृत प्राधिकरणले विराटनगरमा दिदै आएको विद्यृत सेवाले धेरै घर र अफिसका विद्यृतिय उपकरणहरु बिगारी रहेको छ । यस क्षेत्रका प्राविधिकरहरुले पनि भोल्टेजमा आईरहेको गडबढी कारण विद्यृतिय उपकरणहरु टिक्न नसकिरहेको बताएछन् ।
विराटनगर ६ शान्ति चौकमा ईलेट्रिकल रिपेरिङ सेन्टर संचालन गरी बसेका ललित कार्की भन्छन् ‘‘ अहिले पसलमा प्राय कस्टमरहरु शर्ट भएका टिभि, फ्रिज, पंखा लगाएतका उपकरणहरु लिएर आउने गरेका छन्, पक्का के कारणले शर्ट भएको भन्न सकिन्न तर जुन मात्रमा विद्यृतिय उपकरणहरु बिग्रीरहेका छन् त्यसको कारण विद्यृतमा आरहेको फल्कचुएसन नै हुनपर्ने हो ’’ उनले थपे ‘‘विद्यृत अप एण्ड डाउन भईरहदा बिजुली पनि बढी उठ्ने गदर्छ ’’
एक उपोभोक्ता प्रश्न गर्छन् ‘‘ पाँच पाँच मिनेटमा लाईन आउँदै जाँदै गर्ने गरेको छ भोल्टेज पनि स्थीर हुदैन, यसैगरी विद्यृतमा फल्कचुएसन आउने हो भने घरका विद्यृतिय समानहरु कसरी टिक्ला ? ’’
विद्यृतमा आईरहेको फल्कच्युएसनले उद्यौगिक क्षेत्रमा पनि उतिकै मार्का पारेका छ । बारम्बार लाईन आउने जाने गर्दा उद्योगमा चलाईरहेका मंहगामंहगा मेसिनहरु बारम्बार बिग्रने गरेको यहाँका उद्योगीहरुको समेत गुनासो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]