२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

झ्याप– झ्याप लाईन आउँछ–जान्छ

के प्राधिकरणले क्षतिपुर्ति दिन्छ ? उपोभोेक्ताको प्रश्न
Logo

 

दिनेश खड्का
विराटनगर, श्रावण ३१

विद्यृत प्राधिकरणले बिहिबार राती अत्याधिक मात्रामा विद्युली प्रवाह गर्दा विराटनगर निवासी सुजन दाहलको घरमा भएका सबै विद्यृतिय उपकरणहरु शर्ट भई बिग्रिए । अत्याधिक विद्युत प्रवाहको कारण उनको घरमा भएका बल्ब, टिभी, पंखा, फ्रिज लगाएतका उपकरणहरु शर्ट भई बिग्रीएको उनले सामाजिक संजालमार्फत सबैलाई जानकारी समेत गराए । विराटनगर ३ पोखरीया निवासी दाहलले फेसबुकमा स्ट्याट्स लेख्दै भने ‘‘ बिद्दुत प्राधिकरणको चरम लापरबाहीले बडी भोल्टेज आइ फ्रीज, पंखा, वल, टीभी सबै सर्ट भै बिग्रीयो । के प्राधिकरणले क्षतीपुर्ती दिन्छ र ? ’’
यो एउटा प्रतिनिधि घटना मात्र हो, पछिल्लो समय विद्यृत प्राधिकरणले विराटनगरमा दिदै आएको विद्यृत सेवाले धेरै घर र अफिसका विद्यृतिय उपकरणहरु बिगारी रहेको छ । यस क्षेत्रका प्राविधिकरहरुले पनि भोल्टेजमा आईरहेको गडबढी कारण विद्यृतिय उपकरणहरु टिक्न नसकिरहेको बताएछन् ।
विराटनगर ६ शान्ति चौकमा ईलेट्रिकल रिपेरिङ सेन्टर संचालन गरी बसेका ललित कार्की भन्छन् ‘‘ अहिले पसलमा प्राय कस्टमरहरु शर्ट भएका टिभि, फ्रिज, पंखा लगाएतका उपकरणहरु लिएर आउने गरेका छन्, पक्का के कारणले शर्ट भएको भन्न सकिन्न तर जुन मात्रमा विद्यृतिय उपकरणहरु बिग्रीरहेका छन् त्यसको कारण विद्यृतमा आरहेको फल्कचुएसन नै हुनपर्ने हो ’’ उनले थपे ‘‘विद्यृत अप एण्ड डाउन भईरहदा बिजुली पनि बढी उठ्ने गदर्छ ’’
एक उपोभोक्ता प्रश्न गर्छन् ‘‘ पाँच पाँच मिनेटमा लाईन आउँदै जाँदै गर्ने गरेको छ भोल्टेज पनि स्थीर हुदैन, यसैगरी विद्यृतमा फल्कचुएसन आउने हो भने घरका विद्यृतिय समानहरु कसरी टिक्ला ? ’’
विद्यृतमा आईरहेको फल्कच्युएसनले उद्यौगिक क्षेत्रमा पनि उतिकै मार्का पारेका छ । बारम्बार लाईन आउने जाने गर्दा उद्योगमा चलाईरहेका मंहगामंहगा मेसिनहरु बारम्बार बिग्रने गरेको यहाँका उद्योगीहरुको समेत गुनासो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]