०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

विराटनगरमा तीज विशेष कार्यक्रम सम्पन्न

Logo

विराटनगर , भदौ ४
निरज बस्नेत
विराटनगरस्थित संगम पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मनकामना डान्स सेंन्टर विराटनगरको आयोजनामा शनिवार सो कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नृत्य सम्राट प्रेम सुनाम रहेका थिए । कार्यक्रमको सभापतित्व ७० बर्षीया विराटनगर १० का डिक बहादुर खापुङले गरेका थिए । यिनै डिक बहादुर र सिता सिंहले आकर्षक नृत्य प्रस्तुती गरेका थिएँ । हे कान्छा बोलको सुमधुर गानामा डिक र सिताको जोडी जमेको थियो ।

प्रमुख अतिथि प्रेमले कार्यक्रमको अन्ततिर गरेको बेजोड प्रस्तुतीले यस तीज विशेष कार्यक्रममा जान थपेको थियो । कार्यक्रमका प्रस्तोता विराटनगर ८ का घनिन्द्र मगरले केही गीतमा लोभलाग्दो नृत्य पस्केका थिए । मनकामना डान्स सेंन्टरकी संचालिका संगीता राईले ५ वटा गीतमा बेजोड मनमोहक नृत्य प्रस्तुत गरेकी थिईन् ।

सरगम डान्स सेंन्टर, मनकामना डान्स सेंन्टरबाट आएका कलाकारहरुले समेत कार्यक्रममा नेपाली तथा हिन्दि गानामा नृत्य प्रस्तुत गरेका थिएँ । तीज विशेष कार्यक्रममा दर पनि खुवाईएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]