०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

ईटहरीमा भोलीको नेतृत्व कस्तो हुनुपर्छ विषयक कार्यक्रम सम्पन्न

Logo

विराटनगर, भदौ १७
निरज बस्नेत
ईटहरी जेसिजको आयोजनामा ईटहरीमा भोलीको नेतृत्व विषयक कार्यक्रम सम्पन्न भएको छ । विहीवार सम्पन्न उक्त कार्यक्रमका प्रमुख वक्तामा, मनिस झा, मानुसी भट्टराई, वसन्त अधिकारी लगायतका रहेका थिएँ ।

लायन्स हलको सभा कक्षमा भएको कार्यक्रममा ५ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम जेसिज ईटहरीको साताव्यापी अन्र्तगतको चलेको थियो । कार्यक्रमको अन्तिम दिन विहीवार लिडर्स फर टूमरो, शीर्षक अन्र्तगतको सेसन चलेको हो ।

यस कार्यक्रलाई सम्वोधन गर्दे, फ्याक्ट्स नेपालका सिईओ मनिस झाले समग्र नेपालको राज्य व्यवस्थाको यथार्थ चित्रण गरे । हिजोको राजनीति भित्रको वेथिति, यसभित्र रहेको कूरितिलाई प्रष्ट पार्ने प्रयास गरे । आजका युवालाई राजनीति राम्रो हो । फोहोरी खेल होईन । राजनीति गर्ने नेता चाहीँ गलत भएर विकृति बढेको हो । तसर्थ व्यक्ति सफा हुनुपर्छ । यस्ता सान्दर्भिक भनाई झाले राखे ।

अर्का वक्ता, डा वावुराम भट्टराईकी सुपुत्री मानुसीले समय सापेक्ष चल्नुपर्छ । हामीले खाली नेतालाई मात्र दोष दिएर कदापि उम्किन मिल्दैन । अरुलाई चोर औंला देखाउँदा अरु बाँकी औंला आफूतिर सोझिन्छ, यो चाहीँ हेक्का राख्नपर्ने बताइन् । त्यस्तैगरि गरिखान देउ विराटनगरका वसन्त अधिकारीले समेत राजनीतितर्फ युवालाई आकर्षित गर्ने नै मन्तव्य व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]