३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

योनाङको आधारमा लिङ्ग नछुट्याउन समाजलाई आग्रह

Logo

दिनेश खड्का

विराटनगर, असोज ६
लिङको पहिचान कुनै व्यक्तको योनाङबाट नभएर मनोविज्ञान तथा भवनाबाट छुटाईनुपर्ने एक कार्यक्रमको वक्ताहरुले बताएका छन् । बुलु डाइमन सोसाइटी नेपाल मोरङले विराटनगरमा बुधबार आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा (तिस्रो लिङ्गी) यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै डाइमन सोसाइटी तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका सुदीप गौतमले योनाङको आधारमा महिला पुरुष भनेर लिङ्ग छुट्याउनु गलत धारणा भएको बताए । “योनीसहित जन्मिएको व्यक्तिको भित्र पुरषको भवना हुनसक्छ, र लिङ सिहित जन्मिएको व्यक्तिभत्रि महिलाको भवना हुनसक्छ ।” गौतमले भने “समाजले योनाङ हेरेर मात्र महिला पुरुष छुट्याउने काम गरिरहेको छ, जुन एकदैम गलत धारणा हो ।” यदी योनीसहित जन्मीएको व्यक्तिलाई यदि महिलाप्रति आर्कषण हुन्छ भने उसलाई पुरषको दर्जा दिईनुपर्ने र पुरुषभवना बोकेका ट्रान्सजेन्डरलाई पनि पुरषको दर्जा दिईनुपर्ने गौतमको भनाई थियो ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने विषयमा समेत जोड दिएका थिए । राज्यले गरेको विभेदको कारणले यौनिक तथा अल्पसंख्यकहरुले अहिले पनि पहिचानको आधारमा नागरिकता नपाएको बताए । उनीहरुले महिला पुरुषमा सिमित गरिएको नागरिकता वितरण व्यवस्थालाई फराकिलो बनाएर यौनिक तथा अल्पंख्यकहरुको पहिचानको आधारमा नागरिकता दिईनु पर्ने धारणा राखेका थिए ।
परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्नेमा जोड दिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु पनि महिला पुरुष जस्तै यो देशको नागरिक भएकोले बिभेदकारी नीति अन्त्य गरिनुपर्ने बताइन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]