१९ माघ २०८२, आइतबार
01-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

योनाङको आधारमा लिङ्ग नछुट्याउन समाजलाई आग्रह

Logo

दिनेश खड्का

विराटनगर, असोज ६
लिङको पहिचान कुनै व्यक्तको योनाङबाट नभएर मनोविज्ञान तथा भवनाबाट छुटाईनुपर्ने एक कार्यक्रमको वक्ताहरुले बताएका छन् । बुलु डाइमन सोसाइटी नेपाल मोरङले विराटनगरमा बुधबार आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा (तिस्रो लिङ्गी) यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै डाइमन सोसाइटी तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका सुदीप गौतमले योनाङको आधारमा महिला पुरुष भनेर लिङ्ग छुट्याउनु गलत धारणा भएको बताए । “योनीसहित जन्मिएको व्यक्तिको भित्र पुरषको भवना हुनसक्छ, र लिङ सिहित जन्मिएको व्यक्तिभत्रि महिलाको भवना हुनसक्छ ।” गौतमले भने “समाजले योनाङ हेरेर मात्र महिला पुरुष छुट्याउने काम गरिरहेको छ, जुन एकदैम गलत धारणा हो ।” यदी योनीसहित जन्मीएको व्यक्तिलाई यदि महिलाप्रति आर्कषण हुन्छ भने उसलाई पुरषको दर्जा दिईनुपर्ने र पुरुषभवना बोकेका ट्रान्सजेन्डरलाई पनि पुरषको दर्जा दिईनुपर्ने गौतमको भनाई थियो ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने विषयमा समेत जोड दिएका थिए । राज्यले गरेको विभेदको कारणले यौनिक तथा अल्पसंख्यकहरुले अहिले पनि पहिचानको आधारमा नागरिकता नपाएको बताए । उनीहरुले महिला पुरुषमा सिमित गरिएको नागरिकता वितरण व्यवस्थालाई फराकिलो बनाएर यौनिक तथा अल्पंख्यकहरुको पहिचानको आधारमा नागरिकता दिईनु पर्ने धारणा राखेका थिए ।
परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्नेमा जोड दिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु पनि महिला पुरुष जस्तै यो देशको नागरिक भएकोले बिभेदकारी नीति अन्त्य गरिनुपर्ने बताइन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]