१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

के अब विराटनगरका अनाधिकृत संरचनाहरुमा पनि डाेजर चल्ला ? महानगरले दियाे १५ दिने अल्टिमेटम

Logo

दिनेश खड्का
विराटनगर, असोज १५
अनाधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । सूचनामा नक्शा पास गराउदाँ ईजाजत दिईएको क्षेत्रभन्दा बाहिर बनाईएको पर्खाल हटाउन महानगरले भनेको छ ।

महानगरको शहर पूर्वाधार विकास महाशाखाले शनिवार सार्वजनिक सूचना जारी गरी अनाधिकृत पर्खाल तथा संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको हो । १५ दिनभिपछि महानगरले त्यस्तो संरचना हटाउने र त्यसवापत लाग्ने खर्च समेत घरधनीबाट असुलउपर गर्ने भनेको छ ।

विषेश गरी बजारक्षेत्रमा बनेका घर तथा भवनहरु प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नहुदाँ विराटनगरका सडक तथा सार्वजनिक ठाँउहरु साँघुरिएका छन् ।

काठमाडौंमा स्वतन्त्रबाट मेयर बनेका बालेनले पदवहाली गरेको केहि समयमानै अनाधिकृत संरचना हटाउने काम शुरु गरेका थिए । यो कामले लोकप्रियता पाएपछि देशका विभिन्न पालिकामा जितेका जनप्रतिनिधिहरु अनाधिकृत संरचना हटाउन तम्सिएका छन् ।

तर पार्टिबाट जितेर आएका जनप्रतिनिधिलाई भने स्वतन्त्रजस्तै काम गर्न सजिलो र छुट पनि छैन् । सडक तथा सार्वजनिक जग्गा मिचेर रजगज गरिरहेका समाजका बढेमानहरुले यो कामलाई सफल हुन नदिने पक्कापक्की नै छ । अझ चुनाव नजिकिदै गएको बेला बढेमानहरु रुष्ट हुने काम गर्न जनप्रतिनिधिलाई पार्टिलेनै दिन सक्ने अवस्था देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]