१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मोरङ–६ मा लौरो अभियानबाट अधिकारीको उम्मेदवारी

Logo

विराटनगर, कार्तिक १
निरज बस्नेत
मोरङ–६ मा लौरो अभियान का रुपमा टेकबहादुर अधिकारी खडा भएका छन् । चुनाव चिन्ह लौरो बोकी चुनावी मैदानमा अधिकारी दरो रुपमा होमिएका हुन् ।

भ्रष्टहरुलाई सेकाउने, बा आमालाई टेकाउने चुनावी स्लोगन बोकी मैदानमा तयार भई उत्रिसकेका छन् ।लौरो को एउटा राम्रो लहर देशव्यापी रुपमा अहिले आईरहेको छ । यही लहरलाई अधिकारीले समेत सदुपयोग गरी जनताको सेवा गर्न अगाडी बढेका छन् । पछिल्लो स्थानीय चुनावमा समेत लौरोका उम्मेदवारले गतिलै छाप छोड्न सफल भएका छन् । यसलाई नै अव, प्रतिनिधि सभाको चुनाव मंसीर ४ मा राम्रै उपयोग गर्ने देखिन्छ ।

आम मतदाताको ठूला भनिएका पार्टीप्रति धेरै नै वितृष्णा देखिरहेको परिपेक्ष्यमा यो पालि लौरो अभियान का उम्मेदवारहरुको विजयी लहर देशभर राम्रो हुने अड्कल काटिदैछ । यही मेसोमा चुनाव चिन्ह लौरो समाती घर घरमा अधिकारी आम जनताको मन जित्न धेरै हदसम्म सफल भईरहेका छन् । अधिकारीको क्षेत्र मोरङ–६ मा सत्ता गठबन्धनबाट, कांग्रेसका डा. शेखर कोईराला र एमालेका लालवावु पण्डित चुनावी मैदानमा छन् । यो क्षेत्रलाई निकै नै अर्थपूर्ण तवरले हेरिएको छ । प्रतिक्षाको अन्तिम घडी मंसीर ४ मा गएर टुगिंने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]