०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मोरङ–६ मा लौरो अभियानबाट अधिकारीको उम्मेदवारी

Logo

विराटनगर, कार्तिक १
निरज बस्नेत
मोरङ–६ मा लौरो अभियान का रुपमा टेकबहादुर अधिकारी खडा भएका छन् । चुनाव चिन्ह लौरो बोकी चुनावी मैदानमा अधिकारी दरो रुपमा होमिएका हुन् ।

भ्रष्टहरुलाई सेकाउने, बा आमालाई टेकाउने चुनावी स्लोगन बोकी मैदानमा तयार भई उत्रिसकेका छन् ।लौरो को एउटा राम्रो लहर देशव्यापी रुपमा अहिले आईरहेको छ । यही लहरलाई अधिकारीले समेत सदुपयोग गरी जनताको सेवा गर्न अगाडी बढेका छन् । पछिल्लो स्थानीय चुनावमा समेत लौरोका उम्मेदवारले गतिलै छाप छोड्न सफल भएका छन् । यसलाई नै अव, प्रतिनिधि सभाको चुनाव मंसीर ४ मा राम्रै उपयोग गर्ने देखिन्छ ।

आम मतदाताको ठूला भनिएका पार्टीप्रति धेरै नै वितृष्णा देखिरहेको परिपेक्ष्यमा यो पालि लौरो अभियान का उम्मेदवारहरुको विजयी लहर देशभर राम्रो हुने अड्कल काटिदैछ । यही मेसोमा चुनाव चिन्ह लौरो समाती घर घरमा अधिकारी आम जनताको मन जित्न धेरै हदसम्म सफल भईरहेका छन् । अधिकारीको क्षेत्र मोरङ–६ मा सत्ता गठबन्धनबाट, कांग्रेसका डा. शेखर कोईराला र एमालेका लालवावु पण्डित चुनावी मैदानमा छन् । यो क्षेत्रलाई निकै नै अर्थपूर्ण तवरले हेरिएको छ । प्रतिक्षाको अन्तिम घडी मंसीर ४ मा गएर टुगिंने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]