१४ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराट एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली

Logo

विराटनगर, मंसिर २४
मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचार प्रसारका लागि मोटर र्‍याली आयोजना गरिएको छ ।

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचार प्रसारका लागि शनिबार उद्योग संगठन मोरङबाट निकालिएको र्‍याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो ।

र्‍यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः विराटनगर आएको आयोजक समितिले जनाएको छ । आयोजकसमितिका प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोको प्रचार प्रसारका लागि मोटर र्‍यालीको आयोजना गरिएको जानकारी दिए

र्‍यालीको अग्रभागमा विराट एक्स्पोको मस्कट राखिएको थियो । मस्कटले अहिलेको आधुनिक प्रविधिलाई उद्योग, कृषि, पर्यटन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने संकेत गरेको विराट एक्स्पोका ब्राण्डिङ आशिष लामिछानेले बताए । उनले एक्स्पोमा राखिएको ट्याक्टर हाँकिरहेको मस्कटले शेयर बजारको बुलिस ट्रेण्डको संकेत जस्तै उद्योग, व्यापार, व्यवसाय, कृषि, पर्यटनको प्रगतिको संकेत रहेको बताए । मस्कटको नाकमा भएको मुन्द्र्राले महिलाको संकेत गरेको र उद्योग, व्यापार, व्यवसायीक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको संकेत गरिरहेको बताए ।

त्यसैगरी, एक्स्पोको प्रवर्द्धनका लागि भारत विहारको पुर्णियामा शनिबार पत्रकार सम्मेलन गरिएको छ । सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भारतीय नागरिकहरु एक्स्पो अवलोकन गर्न आउने अपेक्षा गर्दै पत्रकार सम्मेलन गरिएको प्रचार संयोजक नन्दकिशोर राठीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]