०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराट एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली

Logo

विराटनगर, मंसिर २४
मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचार प्रसारका लागि मोटर र्‍याली आयोजना गरिएको छ ।

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचार प्रसारका लागि शनिबार उद्योग संगठन मोरङबाट निकालिएको र्‍याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो ।

र्‍यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः विराटनगर आएको आयोजक समितिले जनाएको छ । आयोजकसमितिका प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोको प्रचार प्रसारका लागि मोटर र्‍यालीको आयोजना गरिएको जानकारी दिए

र्‍यालीको अग्रभागमा विराट एक्स्पोको मस्कट राखिएको थियो । मस्कटले अहिलेको आधुनिक प्रविधिलाई उद्योग, कृषि, पर्यटन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने संकेत गरेको विराट एक्स्पोका ब्राण्डिङ आशिष लामिछानेले बताए । उनले एक्स्पोमा राखिएको ट्याक्टर हाँकिरहेको मस्कटले शेयर बजारको बुलिस ट्रेण्डको संकेत जस्तै उद्योग, व्यापार, व्यवसाय, कृषि, पर्यटनको प्रगतिको संकेत रहेको बताए । मस्कटको नाकमा भएको मुन्द्र्राले महिलाको संकेत गरेको र उद्योग, व्यापार, व्यवसायीक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको संकेत गरिरहेको बताए ।

त्यसैगरी, एक्स्पोको प्रवर्द्धनका लागि भारत विहारको पुर्णियामा शनिबार पत्रकार सम्मेलन गरिएको छ । सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भारतीय नागरिकहरु एक्स्पो अवलोकन गर्न आउने अपेक्षा गर्दै पत्रकार सम्मेलन गरिएको प्रचार संयोजक नन्दकिशोर राठीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]