११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका उद्यमी हस्तीको साझेदारीमा साढे दुई अर्वको लगानीमा दुहवीमा डण्डी उद्योग स्थापना

Logo

विराटचौक, पुष ९
निरज बस्नेत
दुई अर्व ५० करोडको लगानीमा सुनसरीको दुहवीमा नयाँ डण्डी उद्योग संचालनमा आएको छ । यससम्वन्धि जानकारी शुक्रवार विराटचोकमा आयोजित पत्रकार सम्मेलनका क्रममा दिइएको हो ।

दुहवी नगरपालिका–१ मा खुलेको यो स्वस्तिक रोलिङ मिलमा विराटनगरका उद्यमी हस्तीहरु, रमेश राठी, राजकुमार गोल्छा, जीवन रिजाल र गुड्डु खानको लगानी रहेको बताइएको छ ।

यस रोलिङ मिलमा रडको बिलेटको समेत काम हुनेगरी संचालनमा ल्याइएको हो । यो उद्योग कोरोनाकालपछि खुलेको ठूलो उद्योग रहेको संचालकमध्येका एक रमेश राठी बताउँछन् । अर्का संचालक राजकुमार गोल्छाका अनुसार बजरङ ब्राण्डमा टीएमटी छड, बिलेट, एङल च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाइसकिएको छ । यसले परिक्षण उत्पादनकाल पूरा गरेर नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको अर्का संचालक जीवन रिजालले बताएँ ।

सरकारको मापदण्डभित्र रहेको यस उद्योगको क्षमता ५ सय टन रहेको संचालक गुड्डु खानले जानकारी गराएँ । यस उद्योगले विशेषगरी टीएमटी छड चाही बढी उत्पादन गर्नेमा सवै साझेदारहरु एकमत छन् । उद्योगले ७ एमएम देखी ३२ एमएमसम्मका टीएमटी छड उत्पादन गर्नेछ । छडमा ग्रिपिड उच्चस्तरको रहेको छ । यसले मसला बलियोसँग समात्छ । र, लचकदार समेत हुने छ ।

यो रड ५ सय ग्रेडको हुन्छ । यूरोपियन टेक्नोलोजीको भएकाले पूर्णतया अटोमेटिक प्रणालीमा आधारित रहेको पत्रकार सम्मेलनकका क्रममा जानकारी गराइयो । तौलको समानता र गुणस्तरमा एकरुपता रहेको तथा प्रयोगशालाको स्पेक्ट्रो मेसिनले केमिकल परिक्षण गरेपछि डण्डी उत्पादन गरिने हुँदा यो भरपर्दो हुनजान्छ ।

कम्पनीले भारतको टाटा स्टिलवाट कच्चा आयात गर्नेछ । स्पन्च आयात गरी नेपालमा स्क्राब्ब प्रयोग गरिने भएको छ । यस मिलले अहिले ६० प्रतिशत उत्पादन गरिरहेकोमा माघबाट शतप्रतिशत हुने संचालक राठी दावी गर्छन् । यसमा दैनिक ३ सय जनाले रोजगार पाइरहेका छन् । आगामी माघबाट ६ सयले रोजगार पाउने संचालक रिजाल बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]