२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

उद्योगी रिजाललाई अर्थमन्त्री पौडलको फोन : ‘तुरुन्त काठमाडौं आउनु’

Logo

विराटनगर, पुष १२
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई फोन गरी तुरुन्त काठमाडौं आउन भनेका छन् ।

चर्को ब्याज विरुद्ध अन्दाेलन चलाई रहेका उद्योगी व्यापारीलाई वार्ताका लागी बोलाउने क्रममा रिजाललाई मन्त्री पौडेलले फोन गरेका हुन् । फोन आएपछि रिजाल मन्त्री भेट्न काठमाडौं पुगीसकेका छन् । रिजालसँगै उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल समेत वार्ताका लागी काठामाडौं पुगेका छन् ।

रिजालका अनुसार वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली काठमाडाै‌ पुग्दैछन्। त्यसैगरी भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौँ उद्योग वाणिज्य संघका प्रतिनिधि पनि वार्तामा सहभागी हुने रिजालले जानकारी दिएका छन्।
उद्योगी व्यापारीसँग मंगलबर नै अर्थमन्त्रीले वार्ता गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]