०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

राष्ट्रवादी युवा नेता रवि रिजालको खोजी शुरु…

Logo

निरज बस्नेत
मोरङ क्षेत्र नं. ४, पुष १७
कसैले नराम्रो गर्छ भने त्यो उसको कर्म हो, तर हामीले कसैलाई नराम्रो गर्नु हुदैन, यो हाम्रो धर्म हो । यो महान् विचार राख्ने रवि रिजालको खोजी तीव्रताका साथमा शुरु भएको छ ।

आम मोरङ–४ का ७ हजार ४ सय ६८ मतदाताले त पक्कै पनि रिजालको खोजी गरेका छन् । किनकी गएको मंसीर–४ को आवधिक प्रतिनिधि सभाको निर्वाचनमा रिजालले पाएको यो मत हो । यी मतदाताले रिजाललाई खोज्ने नै भए ।

तथापी मोरङ–४ का प्रायको खोजाइमा यतिवेला राष्ट्रवादी युवा नेता रवि पर्छन् । प्रतिनिधि सभाको सदस्य बनाउन आवश्यक मत नदिएको प्रति यस मोरङ–४ का आम मतदाताले आजभोली मन खिन्न त पारेकै छन् ।

यसका साथमा अव हुने प्रतिनिधि सभाको चुनावमा रविलाई नै जिताएर काठमाडौं पुर्याउने लक्ष्य समेत लिएको हाम्रो स्थलगत मोरङ–४ को रिपोर्टले पनि देखाएको छ ।

हामी मोरङ–४ को सवै ठाउँमा चुनाव पछाडी रिपोर्टिङका क्रममा फेरी एकपटक पुग्दा प्रायः प्रायः को मुखाराविन्दबाट यस्तो प्रतिक्रिया आएको हो ।

विशेषगरी गएको मंसीर–४ को चुनाव पछी रिजालको बसाई काठमाडौं नै केन्द्रित भएको प्रति मोरङ–४ का जनता निराश देखिन्छन् । र, एकैस्वरमा धेरैको आवाज गुन्जिदैछ की हामीलाई हाम्रो रवि हाम्रै ठाउँ, गाउँमा हरदम चाहियो ।

के यो संभव छ…? रिजाललाई आम मोरङ–४ का जनताको जनस्तरबाटै आएको प्रश्न ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]