२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

राष्ट्रवादी युवा नेता रवि रिजालको खोजी शुरु…

Logo

निरज बस्नेत
मोरङ क्षेत्र नं. ४, पुष १७
कसैले नराम्रो गर्छ भने त्यो उसको कर्म हो, तर हामीले कसैलाई नराम्रो गर्नु हुदैन, यो हाम्रो धर्म हो । यो महान् विचार राख्ने रवि रिजालको खोजी तीव्रताका साथमा शुरु भएको छ ।

आम मोरङ–४ का ७ हजार ४ सय ६८ मतदाताले त पक्कै पनि रिजालको खोजी गरेका छन् । किनकी गएको मंसीर–४ को आवधिक प्रतिनिधि सभाको निर्वाचनमा रिजालले पाएको यो मत हो । यी मतदाताले रिजाललाई खोज्ने नै भए ।

तथापी मोरङ–४ का प्रायको खोजाइमा यतिवेला राष्ट्रवादी युवा नेता रवि पर्छन् । प्रतिनिधि सभाको सदस्य बनाउन आवश्यक मत नदिएको प्रति यस मोरङ–४ का आम मतदाताले आजभोली मन खिन्न त पारेकै छन् ।

यसका साथमा अव हुने प्रतिनिधि सभाको चुनावमा रविलाई नै जिताएर काठमाडौं पुर्याउने लक्ष्य समेत लिएको हाम्रो स्थलगत मोरङ–४ को रिपोर्टले पनि देखाएको छ ।

हामी मोरङ–४ को सवै ठाउँमा चुनाव पछाडी रिपोर्टिङका क्रममा फेरी एकपटक पुग्दा प्रायः प्रायः को मुखाराविन्दबाट यस्तो प्रतिक्रिया आएको हो ।

विशेषगरी गएको मंसीर–४ को चुनाव पछी रिजालको बसाई काठमाडौं नै केन्द्रित भएको प्रति मोरङ–४ का जनता निराश देखिन्छन् । र, एकैस्वरमा धेरैको आवाज गुन्जिदैछ की हामीलाई हाम्रो रवि हाम्रै ठाउँ, गाउँमा हरदम चाहियो ।

के यो संभव छ…? रिजाललाई आम मोरङ–४ का जनताको जनस्तरबाटै आएको प्रश्न ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]