२४ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मायालुको संझनामा कोरिएको यादगार पत्र ५, मैले हजुरलाई त्यही कारणले एस भन्न ढिला गरे…

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

निरज बस्नेत
विराटनगर, पुष २०
म किन हजुरलाई छाड्छु भन्ने भ्रममा रहनुहुन्छ । मैले मिसकल नफर्काउँदा पनि रिसाउनुहुन्छ । यति सानो कुरामा मलाई त्यस्तो भन्ने हो हजुरले ।

म भाइसँग बसेको छु । म चाहेर पनि केही गर्न सक्दिन । हजुरले बुझ्नुपर्ने ठाउँमा उल्टै मलाई आरोप लाग्न थाल्यो ।

मैले हजुरलाई त्यही कारणले एस भन्न ढिला गरे ।

म लभसवको चक्करमा फस्न चाहन्नथे । किनकी मेरो परिवारमाथि मेरो ठूलो जिम्मेवारी छ । हाम्रो फ्युचरमा हामी एक हुने निश्चित छ । यदि हाम्रो माया साँचो छ भने कसैले पनि हामीलाई अलग गर्न सक्दैन ।

तर, हामीबीचमा झगडा कम र माया ज्यादा हुनुपर्यो । की कसो हँ, राजा । डार्लिङ यो सव पढिसकेपछि मलाई यसको रिप्लाई दिनुहोला । हजुरको मायाले भरिएको लेटर पढ्न मन छ । अर्को भेटमा मलाई यसको रिप्लाई चाहिन्छ । आई लभ यू ।

मेरो फ्यामेलीको ठूलो विश्वास छ । भरोसा छ । म मेरो फ्यामेलीको विश्वास तोडेर खुशी कदापी रहन सक्दिन ।

हजुरले मेरो शर्त, नियममा बसेर मान्छु, भन्नुभएको थियो । मलाई लाग्छ यो हजुर मात्र एउटा मान्छे , हो मेरो लागि जसले मेरो बाध्यता बुझेर, म हिडेका हरेक बाटोलाई मलाई साथ दिन्छ …क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]