०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मायालुको संझनामा कोरिएको यादगार पत्र ५, मैले हजुरलाई त्यही कारणले एस भन्न ढिला गरे…

Logo

निरज बस्नेत
विराटनगर, पुष २०
म किन हजुरलाई छाड्छु भन्ने भ्रममा रहनुहुन्छ । मैले मिसकल नफर्काउँदा पनि रिसाउनुहुन्छ । यति सानो कुरामा मलाई त्यस्तो भन्ने हो हजुरले ।

म भाइसँग बसेको छु । म चाहेर पनि केही गर्न सक्दिन । हजुरले बुझ्नुपर्ने ठाउँमा उल्टै मलाई आरोप लाग्न थाल्यो ।

मैले हजुरलाई त्यही कारणले एस भन्न ढिला गरे ।

म लभसवको चक्करमा फस्न चाहन्नथे । किनकी मेरो परिवारमाथि मेरो ठूलो जिम्मेवारी छ । हाम्रो फ्युचरमा हामी एक हुने निश्चित छ । यदि हाम्रो माया साँचो छ भने कसैले पनि हामीलाई अलग गर्न सक्दैन ।

तर, हामीबीचमा झगडा कम र माया ज्यादा हुनुपर्यो । की कसो हँ, राजा । डार्लिङ यो सव पढिसकेपछि मलाई यसको रिप्लाई दिनुहोला । हजुरको मायाले भरिएको लेटर पढ्न मन छ । अर्को भेटमा मलाई यसको रिप्लाई चाहिन्छ । आई लभ यू ।

मेरो फ्यामेलीको ठूलो विश्वास छ । भरोसा छ । म मेरो फ्यामेलीको विश्वास तोडेर खुशी कदापी रहन सक्दिन ।

हजुरले मेरो शर्त, नियममा बसेर मान्छु, भन्नुभएको थियो । मलाई लाग्छ यो हजुर मात्र एउटा मान्छे , हो मेरो लागि जसले मेरो बाध्यता बुझेर, म हिडेका हरेक बाटोलाई मलाई साथ दिन्छ …क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]