१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बर्जु महोत्सव २०७९ को तयारी अन्तिम चरणमा..

Logo

निरज बस्नेत
बर्जु, पुष २०
बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडी सुनसरीको आयोजनामा चौथो बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले बताएँ ।

चौधरीका अनुसार यो महोत्सव बर्जु ताल एरिया १ नं. गेट छेउमा आउँदो पुष २२ देखी माघ ३ गतेसम्म लाग्नेछ ।

बर्जुको चिमडीमा लाग्ने यो महोत्सवमा दर्जनौ कलाकारहरुको जोडदार प्रस्तुती रहने कुराको जानकारी समेत अध्यक्ष चौधरीले दिएँ । उनका अनुसार कलाकारको जम्वो टोलीमा, मोडल प्रिती पासवानको मुख्य प्रस्तुती रहने छ ।

साथमा, ज्योती मगर, संदीप क्षेत्री, सविना श्रेष्ठ, सुस्मिता श्रेष्ठ, रागिनी चाम्लिङ राई, रोजिना राना मगर, प्रकाश माझी, जिवन चौधरी, राजेन्द्र चौधरी, देवकृष्ण विश्वास, प्रेम गनगाई, मुस्कान चौधरी,लगायतको धमाकेदार प्रस्तुती रहने छ ।

महोत्सवको आकर्षणको रुपमा, कुस्ती खेललाई समेत समावेश गरिएको, आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी गराएका छन् । अध्यक्ष चौधरीका अनुसार, नेपाली तथा भारती पहलमानहरुको सहभागितामा कुस्ती खेल संचालन गरिनेछ ।

जसअन्र्तगत, नेपाली पहलमानहरुमा, देवा थापा, पारस थापा, वसन्त थापा, शंकर थापा, लगायत हुनेछन् ।

भारतीय पहलमानमा, बाबा फकिर र शैतान सिंहको सहभागिता रहने समेत चौधरीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]