२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

टाट पल्टेको संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ

Logo

निरज बस्नेत
विराटनगर, पुष २१
विराटनगर हस्पिटल चोकमा रहेको टाट पल्टेको संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

३३ बर्षिय यादवले सुनसरी औरावनी घर भई विराटनगर–२ मा बस्दै आएकी २७ बर्षिय एक नर्सलाई बलात्कार गरेको गम्भिर आरोप लागेको छ । ती नर्सलाई भदौं २१ गते साढे १२ बजे दिउँसो विराटनगरस्थित डेरामा जवरजस्ती करणी गरी कुटपिट गरेको यादवमाथि आरोप छ ।

पीडितले गएको भदौंको अन्त्यमा नै मोरङ प्रहरीमा जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरी कै आधारमा मोरङ प्रहरीले ४ महिनापछि पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई प्रहरीले आइतवार मोरङ जिल्ला अदालतमा जवरजस्ती करणीमा म्याद थप गरी अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी टिका कार्कीले जानकारी दिएका छन् ।

यता पीडक यादवले विरामीको नाटक मंचन गरी अहिले मोरङ सहकारी हस्पिटलमा उपचार सुरु गरेका छन् । नर्स र यादव विगत ७ बर्षदेखी लिभिङ रिलेसनमा रहेको बताइन्छ ।

दुवैको चिनजान २०७० सालमा भएको थियो । इनरुवाको एक हस्पिटलमा काम गर्ने क्रममा यादव र नर्सको चिनजान भएको थियोे ।

यादव विवाहीत हुन् । नर्स अविवाहीत हुन् । यादवले धाक–धम्की दिदै पटक–पटक बलात्कार गरेको पीडित भनिएकी नर्सको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]