०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

टाट पल्टेको संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ

Logo

निरज बस्नेत
विराटनगर, पुष २१
विराटनगर हस्पिटल चोकमा रहेको टाट पल्टेको संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

३३ बर्षिय यादवले सुनसरी औरावनी घर भई विराटनगर–२ मा बस्दै आएकी २७ बर्षिय एक नर्सलाई बलात्कार गरेको गम्भिर आरोप लागेको छ । ती नर्सलाई भदौं २१ गते साढे १२ बजे दिउँसो विराटनगरस्थित डेरामा जवरजस्ती करणी गरी कुटपिट गरेको यादवमाथि आरोप छ ।

पीडितले गएको भदौंको अन्त्यमा नै मोरङ प्रहरीमा जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरी कै आधारमा मोरङ प्रहरीले ४ महिनापछि पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई प्रहरीले आइतवार मोरङ जिल्ला अदालतमा जवरजस्ती करणीमा म्याद थप गरी अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी टिका कार्कीले जानकारी दिएका छन् ।

यता पीडक यादवले विरामीको नाटक मंचन गरी अहिले मोरङ सहकारी हस्पिटलमा उपचार सुरु गरेका छन् । नर्स र यादव विगत ७ बर्षदेखी लिभिङ रिलेसनमा रहेको बताइन्छ ।

दुवैको चिनजान २०७० सालमा भएको थियो । इनरुवाको एक हस्पिटलमा काम गर्ने क्रममा यादव र नर्सको चिनजान भएको थियोे ।

यादव विवाहीत हुन् । नर्स अविवाहीत हुन् । यादवले धाक–धम्की दिदै पटक–पटक बलात्कार गरेको पीडित भनिएकी नर्सको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]