२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

भक्काको फस्टाउँदो व्यापार

Logo

निरज बस्नेत
इनरुवा, पुष २७
सुनसरीको इनरुवामा एकाविहानैबाट भक्काको व्यापारले सवैको ध्यान आकृष्ट गर्दछ । भक्का आमरुपमा जो कोहीले पनि खाँदा राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

विशेषगरी तराईमा त भक्काको आक्रमक कारोवार हुने गरेको देखिन्छ । कतिपयले यही भक्काको व्यापारबाट मनग्गे आम्दानी गरी परिवार समेत मज्जाले पालेको अध्ययनहरुले देखाएको छ ।

भक्काको कारोवार विन्टर सिजनमा ज्यादा हुने गरेको छ । तरपनि यो खानेहरले बारेमास खाने गर्दछन् । इनरुवा बजारकी पुजा साह भक्का प्रायः डेली २ पिस खाने गरेको कुरा सुनाउँछिन् । कहिले–कहिले त विहान, वेलुका गरी ४ पिस समेत खाने गरेको सुनाउँछिन् । खाजामा यिनलाई भक्का जतिको राम्रो अरु केही लाग्दैन । भक्काले स्वास्थ्य पनि राम्रो पार्ने साहको बुभाइ रहेको छ । खाजामा अरु चिल्लो चाप्लो मम, चाउँमिन, चटपटे, समोसा, खानु भन्दा भक्का नै खानुलाई यिनी राम्रो मान्छिन् । र, अन्यलाई समेत नियमित भक्का खान सुझाउँछिन् ।

सुनसरीको ईटहरीमा भक्का बेच्नेको रमाइलो सवै दिशातर्फ देखिन्छ । प्रायः चाही विहानीपख धेरैले भक्का खाने गरेको पाइन्छ । हुन त साझमा समेत भक्का खानेको भीडभाड नै हुन्छ ।

इटहरी भट्टराई चोककी पुस्मिता गिरीको पहिलो रोजाइको खाजा नै भक्का भएको बताउँछिन् । पेशाले यिनी स्टाफ नर्स हुन् । विराटनगरको कंचनवारीमा रहेको नोवेल अस्पतालमा यिनी कार्यरत रहेको बताउँछिन् । घर इटहरीबाटै यिनी विराटनगर ड्युटीका बखत धाउँछिन् । ड्युटीमा जाँदा पुस्मिता इटहरीमा त भक्का किनेर १ पिस खान्छिन् नै साथै विराटनगरको कंचनवारी नहरमा रहेको भक्कावालीसँग चाही ३ पिस सम्म भक्का खाने गरेको बताउँछिन् । गिरीलाई विराटनगरको भक्का इटहरीको भन्दा मिठो लाग्ने गरेको बताउँछिन् । यहाँको कंचनवारी नहर छेउको भक्का बेच्ने दिदिले प्रत्येक दिन औंसतमा २ देखी ४ हजार सम्मको भक्का बेच्ने गरेको बताइन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । भक्का बेचेर मनग्गे आम्दानी गर्ने अनि भक्का खाएर आनन्द महसुस गर्नेहरुको, मूलतः आजभोली भक्का नै बेचेर धेरैले राम्रै आम्दानी गरी जीविकोपार्जन समेत गर्ने गरेको तथ्यले बताउँछ ।

भक्काको कारोवार तराई, पहाड, हिमाल सवै भेगमा हुने गरेको छ । भक्का सवैमाझ लोकप्रिय हुनुमा स्वास्थ्यवद्र्दक भएको कारण प्रमुख हो । तथापी भक्का खाँदा स्वादिलो, मिठो पनि हुन्छ । भक्का सिधै खाँदा अति उत्तम हुन्छ । कतिपयले आफ्नो जिब्रोको स्वाद अनुसार चिया अथवा चट्नीसँग समेत खाने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]