०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

खानपिनमा रमाउने युवापुस्ता…

Logo

निरज बस्नेत
विराटनगर, माघ ८
विराटनगर पानीटंकीका मास्टर्स डिग्री होल्डर युवा अंशु गुप्ता एवं कटहरी आदर्शनगरका अर्का युवा इन्जिनियर सुधीर यादव बीचको मित्रता बबाल टाइपको छ ।

मौका पाउँनसाथ दुवै खानपिनमा रमाउँन थालि हाल्छन् । हुन त मान्छेले दुःख खानकै लागि गरेको गुप्ता बताउँछन् । यही भएर पनि ७ फागुनमा गुप्ता परिवारको लगानीमा बुढीगंगा गाउँपालिका टंकीमा होटल मिलन खुल्दैछ ।

गुप्ताले होटलसँग सम्वन्धीत पढाई भारतको पुणेबाट गरेका छन् । यसमा अंशुसँगै उनकै भाई अनीसको समेत लगानी रहेको छ । साथमा अंशु, अनीसका वुवा समाजसेवी , राजनीतिज्ञ अरुण गुप्ताको त राम्रै साथ दुई छोरालाई हुने नै भयो ।

विराटनगर बसपार्कमा होटल मिलनको नामले प्रख्यात यो होटल तत्कालीन वेलामा अंशुका हजुरवुवा कालिका गुप्ताले संचालनमा ल्याएका थिँए ।

यता इन्जिनियर यादवको इतिहास पनि गज्जवकै छ । अहिले यादव मोरङ ग्यास विक्रेता संघका सचिव समेत हुन् । यादवको कोशी सिलिण्डरको आफ्नै पसल विराटनगर बरगाछी पूर्वपट्टी छ । यहाँ सुधीरको साथ भाई निकुले समेत दिने गरेका छन् । यसमा पूरै यादव परिवार आवद्द छ भन्दा हुन्छ ।

यादवका वुवा पूर्व बैंकर हुन् । सुधीरको राजनीतितर्फ राम्रै दख्खल रहेको साथीभाई बताउँछन् ।

दुवै, अंशु अनि सुधीरको चाही खानपिनमा राम्रै सौख रहेको यिनका सर्कलका दोस्तहरु बताउँछन् । मौका मिलेमा दुवै खानपिनमा रमाउँन अलिकता पनि कसर बाँकी राख्दैनन् । त्यही भएर पनि दुवै खाएँ जस्तै मोटाघाटा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]