०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

खानपिनमा रमाउने युवापुस्ता…

Logo

निरज बस्नेत
विराटनगर, माघ ८
विराटनगर पानीटंकीका मास्टर्स डिग्री होल्डर युवा अंशु गुप्ता एवं कटहरी आदर्शनगरका अर्का युवा इन्जिनियर सुधीर यादव बीचको मित्रता बबाल टाइपको छ ।

मौका पाउँनसाथ दुवै खानपिनमा रमाउँन थालि हाल्छन् । हुन त मान्छेले दुःख खानकै लागि गरेको गुप्ता बताउँछन् । यही भएर पनि ७ फागुनमा गुप्ता परिवारको लगानीमा बुढीगंगा गाउँपालिका टंकीमा होटल मिलन खुल्दैछ ।

गुप्ताले होटलसँग सम्वन्धीत पढाई भारतको पुणेबाट गरेका छन् । यसमा अंशुसँगै उनकै भाई अनीसको समेत लगानी रहेको छ । साथमा अंशु, अनीसका वुवा समाजसेवी , राजनीतिज्ञ अरुण गुप्ताको त राम्रै साथ दुई छोरालाई हुने नै भयो ।

विराटनगर बसपार्कमा होटल मिलनको नामले प्रख्यात यो होटल तत्कालीन वेलामा अंशुका हजुरवुवा कालिका गुप्ताले संचालनमा ल्याएका थिँए ।

यता इन्जिनियर यादवको इतिहास पनि गज्जवकै छ । अहिले यादव मोरङ ग्यास विक्रेता संघका सचिव समेत हुन् । यादवको कोशी सिलिण्डरको आफ्नै पसल विराटनगर बरगाछी पूर्वपट्टी छ । यहाँ सुधीरको साथ भाई निकुले समेत दिने गरेका छन् । यसमा पूरै यादव परिवार आवद्द छ भन्दा हुन्छ ।

यादवका वुवा पूर्व बैंकर हुन् । सुधीरको राजनीतितर्फ राम्रै दख्खल रहेको साथीभाई बताउँछन् ।

दुवै, अंशु अनि सुधीरको चाही खानपिनमा राम्रै सौख रहेको यिनका सर्कलका दोस्तहरु बताउँछन् । मौका मिलेमा दुवै खानपिनमा रमाउँन अलिकता पनि कसर बाँकी राख्दैनन् । त्यही भएर पनि दुवै खाएँ जस्तै मोटाघाटा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]