०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पूर्वराजा ज्ञानेन्द्र शाह एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँबीच सामीप्यता बढ्दै

Logo

निरज बस्नेत
विर्तामोड, माघ ८
पूर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी दुर्गा प्रसाइँ यतिवेला नजिएका छन् । शाह र प्रसाइँको सामीप्यतालाई धेरैले अर्थपूर्ण तवरले टिप्पणी गर्न थालेका छन् ।

आखिर यी दुई बीच नजिकिने त्यस्तो के चल्दैछ । सवैको लागि यो जिज्ञासा बन्दैछ । पछिल्लो समयमा आएर शाह एवं प्रसाइँको घनिष्टतालाई कतिपयले अशुभ समेत भनी प्रतिक्रिया दिन समेत पछि परेका छैनन् ।

यससम्वन्धमा मेडिकल व्यवसायी प्रसाइँ सामान्य भनी पन्छिन खोज्छन् । मिडीयालाई प्रतिक्रिया दिदा प्रसाइँ पूर्वराजाको भेटलाई सामान्य भन्छन् । अहिले मिडीयाबाजीमा रमाउँने पात्रको रुपमा समेत कतिपयले प्रसाइँलाई अर्थ्याउँने गरेको पाइएको छ ।

विर्तामोडस्थित यिनको वि. एण्ड. सी. टिचिङ हस्पिटलमा कतै पुर्व राजाको त भित्री रुपमा लगानी छैन ? कतिपय यसो पनि भन्न थालेका छन् । यसमा सत्यता नभएको प्रसाइँको दावी रहँदै आएको छ ।

प्रसाइँको विएण्डसीमा कुनै समयमा प्रचण्डको समेत लगानी रहेको सर्वविदीतै रहँदै आएको विषय थियो ।

१ फागुनमा प्रसाइँको अगुवाइमा मेची पुलबाट नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने आन्दोलनको विशेष उद्घाटन कार्यक्रम रहेको छ । यसमा पूर्व राजा समेत आउँने प्रसाइँको विश्वास रहेको स्वयम् प्रसाइँले नै बताउँदै आएका छन् । यस सम्वन्धमा प्रसाइँले पूर्वराजालाई निम्तो समेत दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]