०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

‘जिवन न छोटो छ, न त लामो ; अनिश्चित र मरण पक्का छ’

Logo

काठमाडौं, माघ ११

देशमा दिनहु भैरहने विभिन्न बिकृत,बिसङतिका घट्नाहरुबाट आफ्नो मानसिक अवस्थालाई बचाउन सामाजिक सन्जालबाट केहि दुर रहन मन लाग्छ। बेला मौका फेस्बुक स्क्रोल गर्ने क्रममा केहि दिन अगाडि घटिसकेका घट्नाहरुले सन्जाल तताइरहेको देखिन्छ।
आज पनि तेस्तै भयो, घट्ना हिजो (मंगलबार)कै रहेछ, लाखौ युवाहरुका प्रतिनिधित्व गर्ने खुबि भएका तथा देशमै बसेर केहि गर्न सक्छु भनेर संघर्ष गरिरहेका एक व्यवसायीले आत्मदाह गरेको निर्मम तथा अप्रिय समाचार सुन्न-देख्नु पर्यो । उहाँको आत्माले शान्ति पावस । जय श्री राम !

यस्ता किसिमका सोच लाखौ युवाहरुको मानसपटलमा हजारौ पटक आउने गर्दछन्। मानसिक अवस्थालाई झेल्न सक्नेहरु बार बार लड्न प्रयास गर्छन्, हजार कोशिस पश्चात पनि असफल हुन परेपछि घर,परिवार,आफन्त ,साथिभाइ र समाजमा इज्जतको डरले पनि यो बाटो अपनाउने गर्छन् ।किन कि यँहा मानविय जिवन भन्दा ठुलो उसको इज्जत र प्रतिस्ठालाई बनाईएको छ, जसले हर बखत मानिसको मानसिक स्वतन्त्रता माथि नमिठो प्रहार गरिरहेको छ।

‘यसरी मर्न आफुले पनि नखोजेको हैन,बारबार आफ्ना सपनासङ्ग हारेर पन्छिन नचाहेको पनि हैन। तर मृत्यु सास्वत छ,मर्न एक पल पनि लाग्दैन, जिवन न छोटो छ न त लामो नै छ। यो एक्दमै अनिश्चित छ र मरण पक्का छ ,त्यसैले त “सम सोल्स सफर्स साइलेन्ट्लिू” किन कि मन देखि त बांच्न मन छ,यहि देशमा बसेर केहि गर्न मन छ । आफ्नै परिश्रम र मेहनतले आफ्नो आत्मा सन्तुष्ट बनाउन मन छ,सके सम्म घर परिवार ,समाज या रास्ट्रका लागी आफ्नो कर्मले सक्ने जति गर्न मन छ।’

थाहा छ,सामाजिक संरचना भौतिकबादि छ,यहा हरेक पाइलामा आर्थिक पाटो जोडिन आउँछ। ब्यक्ति,परिवार ,समुदाय,समाज या रास्ट्रको उन्नति प्रगति ,समृद्ध र बिकाशका लागि सबैभन्दा महत्वपुर्ण भुमिका अर्थ व्यवस्थाले नै खेलेको छ। यँहा सामाजिक संरचना अनुसार भोगिने एउटै समस्या भनेको के छ भने जिवन आर्थिक पाटोमा मात्रै सिमित छ, तर यो सहि बात भन्ने पक्कै हैन। जिवनमा जोडिएका अन्य पाटाहरु जस्तै : मानसिक,शारीरिक ,सामाजिक तथा भौतिक विषयहरु पनि छन, तर यि सम्पुर्ण कुरालाई ब्यालेन्स बनाइरहनको लागी सबै भन्दा महत्त्वपूर्ण भुमिका अहिलेको बर्तमान अवस्थामा अर्थ ९पैसा०ले खेलेको छ। यहि आर्थिक अवस्थाकै कारण देशमा धेरै जसो हुने विकृति र विसङ्गतिका घटना दिनहु भैरहेका छन् । यसलाई नियन्त्रण तथा निराकरण गर्नको लागी समयमै राज्य ब्यवस्था संयमित र सु(सङ्गठित हुन जरुरी छ। ताकी आफ्नै जन्मभुमि या कर्मभुमिमा रहेर केहि गर्न चाहनेका लागी हतोत्साहित हुन नपरोस् । जय देश । जय शम्भो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]