१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

‘जिवन न छोटो छ, न त लामो ; अनिश्चित र मरण पक्का छ’

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

काठमाडौं, माघ ११

देशमा दिनहु भैरहने विभिन्न बिकृत,बिसङतिका घट्नाहरुबाट आफ्नो मानसिक अवस्थालाई बचाउन सामाजिक सन्जालबाट केहि दुर रहन मन लाग्छ। बेला मौका फेस्बुक स्क्रोल गर्ने क्रममा केहि दिन अगाडि घटिसकेका घट्नाहरुले सन्जाल तताइरहेको देखिन्छ।
आज पनि तेस्तै भयो, घट्ना हिजो (मंगलबार)कै रहेछ, लाखौ युवाहरुका प्रतिनिधित्व गर्ने खुबि भएका तथा देशमै बसेर केहि गर्न सक्छु भनेर संघर्ष गरिरहेका एक व्यवसायीले आत्मदाह गरेको निर्मम तथा अप्रिय समाचार सुन्न-देख्नु पर्यो । उहाँको आत्माले शान्ति पावस । जय श्री राम !

यस्ता किसिमका सोच लाखौ युवाहरुको मानसपटलमा हजारौ पटक आउने गर्दछन्। मानसिक अवस्थालाई झेल्न सक्नेहरु बार बार लड्न प्रयास गर्छन्, हजार कोशिस पश्चात पनि असफल हुन परेपछि घर,परिवार,आफन्त ,साथिभाइ र समाजमा इज्जतको डरले पनि यो बाटो अपनाउने गर्छन् ।किन कि यँहा मानविय जिवन भन्दा ठुलो उसको इज्जत र प्रतिस्ठालाई बनाईएको छ, जसले हर बखत मानिसको मानसिक स्वतन्त्रता माथि नमिठो प्रहार गरिरहेको छ।

‘यसरी मर्न आफुले पनि नखोजेको हैन,बारबार आफ्ना सपनासङ्ग हारेर पन्छिन नचाहेको पनि हैन। तर मृत्यु सास्वत छ,मर्न एक पल पनि लाग्दैन, जिवन न छोटो छ न त लामो नै छ। यो एक्दमै अनिश्चित छ र मरण पक्का छ ,त्यसैले त “सम सोल्स सफर्स साइलेन्ट्लिू” किन कि मन देखि त बांच्न मन छ,यहि देशमा बसेर केहि गर्न मन छ । आफ्नै परिश्रम र मेहनतले आफ्नो आत्मा सन्तुष्ट बनाउन मन छ,सके सम्म घर परिवार ,समाज या रास्ट्रका लागी आफ्नो कर्मले सक्ने जति गर्न मन छ।’

थाहा छ,सामाजिक संरचना भौतिकबादि छ,यहा हरेक पाइलामा आर्थिक पाटो जोडिन आउँछ। ब्यक्ति,परिवार ,समुदाय,समाज या रास्ट्रको उन्नति प्रगति ,समृद्ध र बिकाशका लागि सबैभन्दा महत्वपुर्ण भुमिका अर्थ व्यवस्थाले नै खेलेको छ। यँहा सामाजिक संरचना अनुसार भोगिने एउटै समस्या भनेको के छ भने जिवन आर्थिक पाटोमा मात्रै सिमित छ, तर यो सहि बात भन्ने पक्कै हैन। जिवनमा जोडिएका अन्य पाटाहरु जस्तै : मानसिक,शारीरिक ,सामाजिक तथा भौतिक विषयहरु पनि छन, तर यि सम्पुर्ण कुरालाई ब्यालेन्स बनाइरहनको लागी सबै भन्दा महत्त्वपूर्ण भुमिका अहिलेको बर्तमान अवस्थामा अर्थ ९पैसा०ले खेलेको छ। यहि आर्थिक अवस्थाकै कारण देशमा धेरै जसो हुने विकृति र विसङ्गतिका घटना दिनहु भैरहेका छन् । यसलाई नियन्त्रण तथा निराकरण गर्नको लागी समयमै राज्य ब्यवस्था संयमित र सु(सङ्गठित हुन जरुरी छ। ताकी आफ्नै जन्मभुमि या कर्मभुमिमा रहेर केहि गर्न चाहनेका लागी हतोत्साहित हुन नपरोस् । जय देश । जय शम्भो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]