१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा इतिहासकै सबैभन्दा ठुलो एक्स्पो लगाउने तयारीमा सिएनआई

Logo

विराटनगर, माघ १२
विराटनगरमा इतिहासकै सबैभन्दा ठुलो एक्स्पो आयोजना हुँदैछ । कन्फिडिरेशन अफ नेप्लिज ईण्डसट्रिज (सिएनआइ) प्रदेश १ले विराटनगरको शंकरपुर खेल मैदानमा सो एक्स्पो आयोजना गर्न लागेको हो । सिएनआई कोशी एक्स्पो नाम दिईएको उक्त एक्स्पो यही माघ १९ गते देखि २८ गतेसम्म संचालन हुँदैछ ।

शंकरपुर खेलमैदानमा यसअघि विराट व्यापार संघ र उद्योग संगठन मोरङले आलोपालो विराट एक्स्पो आयोजना गर्दै आएको थियो । तर यसपटक भने सिएनआईको टोलीले जग्गाधनीलाई कन्भीन्स गरी उक्त स्थानमा सिएनआई कोशी एक्स्पो लगाउने तारतम्य मिलाईसकेको छ ।
यसअघि एक्स्पोेहरु अयोजना गर्दा शंकरपुरका दुईमध्ये एक खुल्ला मैदानमा प्रद्धर्शनी स्थल बनाईने गरीईएको थियो र अर्को मैदानलाई पार्किङको रुपमा प्रयोग गरिदै आएको थियो । तर अब सिएनआईले गर्ने एक्स्पोमा दुवै खुल्ला मैदानलाई जोडी विशाल एक प्रद्धर्शनीस्थल बनाईदैछ । बुधवार दुई खेलमैदानलाई जोडन आयोजकले खेलमैदानको पर्खालसमेत भत्काईसकेको छ । पार्किङको लागी भने आसपासमा रहेको विभिन्न पाँच खुल्ला मैदानलाई प्रयोगमा ल्याईने बताईएको छ ।

सिएनआई एक्स्पोमा ३ सय ५० भन्दाबढी व्यापारीक स्टलहरु राखिने भएको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ ।
सिएनआईका प्रदेश १का अध्यक्ष भिम घिमिरेले सिएनआई एक्स्पो विराटनगरको अहिलेसम्मको सबैभन्दा ठुलो एक्स्पो हुने दावी गरेका छन् । एक्स्पोको स्वरुप, कारोबार र सहभागीताको आधारमा सिएनआई कोशी एक्स्पो अहिलेसम्मकै सबैभन्दा ठुलो प्रद्धशनी हुने आयोजकको भनाई छ ।

दुई महिनामा दुई अन्तर्राष्ट्रिय एक्स्पो

यही वर्षको मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म विराटनगरको पुरानो हवाईफिल्डमा उद्योग संगठन मोरङले विराट एक्स्पो अयोजना गरी समापन गरिसकेकोछ । त्यसको दुई महिना बित्न नपाउदै यहाँ सिएनआईले अर्को अन्तराष्ट्रियस्तरको एक्स्पो आयोजना गर्दैछ ।

दुई महिनाको अन्तर्रालमा अर्को अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिनुलाई उद्योग संगठन, व्यापार संघ र परिसंघविचको जुंगाको लडाईको रुपमा हेरिएको छ । के यो जुंगाको लडाई नै हो भन्ने प्रश्नमा परिसंघका अध्यक्ष घिमिरले भने “ सिएनआई एक्स्पो पहिलो पटक हुन गईरहेको एक्स्पो हो, म प्रदेशको संस्थापक अध्यक्ष भएकोले यसलाई भव्यताको सफल पार्नु मेरो दायीत्व हो” उनले थपे “ विराट एक्स्पो पनि हाम्रै कार्यक्रम हो, यसलाई सफल पार्नु पनि हाम्रो दायीत्व हो, मैले सकेको विराट एक्स्पोको लागी पनि गरेको छु ।”

तिनै संस्था मिलेर एउटै व्यानरमा एक्स्पो गराउने साँझा योजना रहेको, त्यस विषयमा छलफल हुँदाहुदै पनि समय अभावको कारण साँझा कार्यक्रम गर्न नसकिएको घिमिरेको भनाई छ । अर्को पटक साँझा ब्यानरमा कार्यक्रम गर्न सिएनआईको तर्फबाट ढोका खुल्ला रहेको अध्यक्ष घिमिरेले जनचर्चा डटकममार्फत सबैलाई जानकारी गराउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]