०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

८१ बर्षका जोशिला समाजसेवी भन्छन् ः म बाँचुन्जेल समाजसेवा गरेरै मर्छु

Logo

निरज बस्नेत
विराटनगर, माघ २१
वि. सं. १९९९ साल माघ २० गते धनकुटा सिरान बजारमा जन्मिएका बर्ष ८१ का जोशिला समाजसेवी वीरेन्द्र नारायण श्रेष्ठ अहिले पनि समाजसेवाकै क्षेत्रमा आफ्नो बाँकी रहेको उत्तरार्धको जीवन व्यतित गर्ने बताउँछन् ।

उनी भन्छन्, त्योवेला जवानीमा के–के गरियो, गरियो । तथापी अहिले जीवनको यो वृद्द उमेरमा समेत यिनको जोश–जाँगर हेर्दा जो कोही युवाकोलागि प्रेरणाको स्रोत बन्न सक्छन् । उ बेलाको कुरा यतिवेला संम्झिन्छन् । र, मनलाई अर्के प्रकारले त्यही घटनातर्फ पुर्याउँछन् ।

जीवनमा श्रेष्ठले धेरै बाधा–व्यवधान भोगेको नै छन् । श्रीमती वितेको पनि आज ९ बर्ष भइसकेको छ । एक रथका दुइ पाङग्रा भन्छन्, श्रीमान् र श्रीमतीलाई । तर, आज यिनै श्रीमती यिनको साथमा त छैनन् । तरपनि ४ नातीनातीनाका साथमा यिनी खुवै रौंसिन्छन् । हुन पनि हो, बुढेसकालको बाँच्ने एउटा आधार आफ्नै लालाबाला हुन् ।

२ छोरा र १ छोरीका वुवा हुन् वीरेन्द्र श्रेष्ठ । सँगैको स्व. श्रीमती गिरीजालाई गुमाउनुपरेको पीडा त छ नै मनभरि, तरपनि बाचुन्जेल यही माटोमा समाजसेवाकै क्षेत्रमा रहेर बाँकी शेष जीवन समाजसेवामै विताउँने बेग्लै जज्वा छ । आजपनि यिनी कहीकतै कसैको दुःख देख्नै सक्दैनन् ।

सहायक रेन्जरको ३ बर्षे जागिरले पनि यिनलाई खासै सपोर्ट दिएन । अन्ततः श्रेष्ठको मनपर्ने पेशा भनौं या सेवा जे भनौ समाजसेवा नै रह्यो । आजपनि समाजसेवी भनेर बोलाउने कसैले गर्दा यिनलाई धेरै नै राम्रो लाग्छ ।

आजसम्म स्वस्थ्यपूर्ण निरोगी जीवनयापन गर्दे जीवनरथलाई आगे लग्दै नै छन् । विगतमा परिवार नियोजन संघ, नेपाल जेसिज दुवै परोपकारी संस्थामा कार्यसमितिमा रहेर एकमा सहायक कोषाध्यक्ष र अर्कोमा कोषाध्यक्ष भएर काम गरेको राम्रै अनुभव पनि सँगालेका छन् । ७५ बर्षको उमेरदेखी नेपाल सरकारले दिएको वृद्द भत्ता पनि बुझ्दैछन् ।

यो प्राप्त गरेको भत्ता पनि परिआएको खण्डमा यिनी अरुलाई सहयोग नै गर्छन् । आइए सम्मको जमानाको उनको यो योग्यता अहिलेको पिएचडी भन्दा कम आँक्न चाही पटक्कै मिल्दैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]