१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

८१ बर्षका जोशिला समाजसेवी भन्छन् ः म बाँचुन्जेल समाजसेवा गरेरै मर्छु

Logo

निरज बस्नेत
विराटनगर, माघ २१
वि. सं. १९९९ साल माघ २० गते धनकुटा सिरान बजारमा जन्मिएका बर्ष ८१ का जोशिला समाजसेवी वीरेन्द्र नारायण श्रेष्ठ अहिले पनि समाजसेवाकै क्षेत्रमा आफ्नो बाँकी रहेको उत्तरार्धको जीवन व्यतित गर्ने बताउँछन् ।

उनी भन्छन्, त्योवेला जवानीमा के–के गरियो, गरियो । तथापी अहिले जीवनको यो वृद्द उमेरमा समेत यिनको जोश–जाँगर हेर्दा जो कोही युवाकोलागि प्रेरणाको स्रोत बन्न सक्छन् । उ बेलाको कुरा यतिवेला संम्झिन्छन् । र, मनलाई अर्के प्रकारले त्यही घटनातर्फ पुर्याउँछन् ।

जीवनमा श्रेष्ठले धेरै बाधा–व्यवधान भोगेको नै छन् । श्रीमती वितेको पनि आज ९ बर्ष भइसकेको छ । एक रथका दुइ पाङग्रा भन्छन्, श्रीमान् र श्रीमतीलाई । तर, आज यिनै श्रीमती यिनको साथमा त छैनन् । तरपनि ४ नातीनातीनाका साथमा यिनी खुवै रौंसिन्छन् । हुन पनि हो, बुढेसकालको बाँच्ने एउटा आधार आफ्नै लालाबाला हुन् ।

२ छोरा र १ छोरीका वुवा हुन् वीरेन्द्र श्रेष्ठ । सँगैको स्व. श्रीमती गिरीजालाई गुमाउनुपरेको पीडा त छ नै मनभरि, तरपनि बाचुन्जेल यही माटोमा समाजसेवाकै क्षेत्रमा रहेर बाँकी शेष जीवन समाजसेवामै विताउँने बेग्लै जज्वा छ । आजपनि यिनी कहीकतै कसैको दुःख देख्नै सक्दैनन् ।

सहायक रेन्जरको ३ बर्षे जागिरले पनि यिनलाई खासै सपोर्ट दिएन । अन्ततः श्रेष्ठको मनपर्ने पेशा भनौं या सेवा जे भनौ समाजसेवा नै रह्यो । आजपनि समाजसेवी भनेर बोलाउने कसैले गर्दा यिनलाई धेरै नै राम्रो लाग्छ ।

आजसम्म स्वस्थ्यपूर्ण निरोगी जीवनयापन गर्दे जीवनरथलाई आगे लग्दै नै छन् । विगतमा परिवार नियोजन संघ, नेपाल जेसिज दुवै परोपकारी संस्थामा कार्यसमितिमा रहेर एकमा सहायक कोषाध्यक्ष र अर्कोमा कोषाध्यक्ष भएर काम गरेको राम्रै अनुभव पनि सँगालेका छन् । ७५ बर्षको उमेरदेखी नेपाल सरकारले दिएको वृद्द भत्ता पनि बुझ्दैछन् ।

यो प्राप्त गरेको भत्ता पनि परिआएको खण्डमा यिनी अरुलाई सहयोग नै गर्छन् । आइए सम्मको जमानाको उनको यो योग्यता अहिलेको पिएचडी भन्दा कम आँक्न चाही पटक्कै मिल्दैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]