१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सीताको आँटले सम्भव भयो अल्लो, खाँडी र ढाका कपडाको विदेशसम्मै ‘ब्राण्डिङ’

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

विराटनगर, माघ २६

कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् ।
धनकुटामा जन्मिएर हुर्किएकी सीता १० बर्षअघिसम्म पनि त्यहिंकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेड कपडाको व्यापार थालिन् । रेडिमेडको व्यापार राम्रै गरी चलेको पनि उनले सुनाइन् । तर विराटचोकका स्थानीय व्यापारी र घरधनीहरुबीच एउटा पसलमा बिक्री हुने कुनैपनि सरसामान अर्को पसलमा राख्न नपाइने भन्ने नियमले उनी बाँधिन पुगिन् । त्यसपछि रेडिमेड पसलपछि छाडेर नयाँ खालको वस्तु सामग्री के बिक्री गर्न सकिन्छ भनेर श्रीमान्सँग पनि सल्लाह गरिन् । अनि उनीहरुबीच ढाका र अल्लोका कपडा र तयारी पोषाक बनाउने र विक्री गर्ने सोच बनाएर त्यसको व्यापारमा लागिन् ।

‘अल्लो, खाँडी र ढाकाको कपडाबारे अलिअलि सुनेको थिएँ, यो चैं गर्न सकिन्छ कि भनेर सुरुमा जिल्ला जिल्ला घुमें’ सीताले भनिन्, ‘घुम्दा नै मेरो झण्डै १२ लाख रुपैयाँ जति सकियो, तर बजारको हिसावले राम्रो सम्भावना रहेको भन्ने कुरा चैं थाहा पाएँ ।’
त्यसपछि अघि बढेकी सीताले पछाडि फर्किएर हेरिनन् । उनले आफ्नो उत्पादनलाई कोभिड १९ को महामारी सुरु हुनु अघिसम्म पनि अष्ट्रेलिया, अमेरिका लगायतका युरोपियन मुलुक र हङकङ, भारतको दार्जिलिङमा अर्डर अनुसार पठाइरहेको बताइन् ।
उनले संचालन गरेको लुमा घरेलु अल्लो कपडा उद्योग एण्ड टे«निङ सेन्टरले अल्लो, खाँडी र ढाकाका कपडाहरु हातैले बुन्ने र त्यसबाट महिला र पुरुष दुवैले लगाउन मिल्ने कोट, जवारी कोट, टोपी, जुत्ता, लगायतका पोषाकहरु बनाउँदै आएको छ ।
‘थालेको कामलाई व्यवसायिक रुपमा अघि बढाउनुपर्छ भन्ने सोच थियो, अनि झण्डै सात बर्षदेखि उद्योग नै खोलेर झण्डै ५० जनालाई रोजगारी दिंदै आएको थिएँ’ उनले सुनाइन्, ‘अहिले कोभिडले गर्दा उत्पादन र विक्री पनि घटेको छ, २० जना जतिले मात्रै काम गरिरहेका छन् ।’

सीताले कपडाका लागि चाहिले अल्लोको कच्चा पदार्थ (बोक्रा) संखुवासभा र पाँचथर लगायतका पहाडि जिल्लाबाटै मगाउने गरेको बताइन् । सुरुमा उत्पादनको मार्केटिङ गर्न कठिन भएपनि अहिले सवै कुरा बुझिसकेको उनले बताइन् । उनले आफैं मालिक बनेर उद्योग चलाउने आँटलाई कायम राखेको सुनाइन् ।
कोभिड १९ को महामारीकै कारण आफ्नो उत्पादनको बजारीकरण गर्न चीन जाने योजना स्थगित गर्नुपरेको बताइन् । अहिले उद्योगमा करीव डेढ करोडको लगानी गरिसकेको जानकारी दिइन् ।
‘अहिले अलिक क्राइसिस छ’ सीताले भनिन्, ‘आफुमात्रै उद्यमशिल भएर हुँदैन भन्ने पनि मलाई लागेको छ, त्यहि भएर १२० जना जतिलाई निःशुल्क रुपमा तालिम पनि दिइसकेको छु ।’ सीताले आफ्नो उत्पादनको प्रवद्र्धनका लागि प्रदेश १ मा लाग्दै आएका अघिकांश मेला, महोत्सव र एक्स्पोहरुमा सहभागीता जनाउँदै आएकी छन् ।

माघ १९ देखि सुरु भएको सिएनआई कोसी एक्स्पोमा पनि उनले स्टल राखेकी छन् । स्टलमा ९ हजार ५०० रुपैयाँसम्म पर्ने अल्लोका कोट, तीन हजार रुपैयाँसम्मका जुत्ता (लेडिज÷जेन्स), एक हजार रुपैयाँसम्मका टोपीहरु बिक्रीका लागि राखेकी छन् ।
मुलुकभरकै आर्थिक मन्दीको असर व्यापार व्यवसायमा प्रत्यक्ष रुपमा देखिएको भएपनि आफ्ना उत्पादनको अहिलेसम्म सन्तोषजनक रुपमा बिक्री वितरण भइरहेको सुनाइन् । आफ्नो उद्योगको उत्पादन भनेर बजारमा भारतबाट ल्याएको डुब्लिकेट कपडाहरु पनि बिक्री भइरहेको फेला पारेको सीताले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]