१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सीताको आँटले सम्भव भयो अल्लो, खाँडी र ढाका कपडाको विदेशसम्मै ‘ब्राण्डिङ’

Logo

विराटनगर, माघ २६

कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् ।
धनकुटामा जन्मिएर हुर्किएकी सीता १० बर्षअघिसम्म पनि त्यहिंकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेड कपडाको व्यापार थालिन् । रेडिमेडको व्यापार राम्रै गरी चलेको पनि उनले सुनाइन् । तर विराटचोकका स्थानीय व्यापारी र घरधनीहरुबीच एउटा पसलमा बिक्री हुने कुनैपनि सरसामान अर्को पसलमा राख्न नपाइने भन्ने नियमले उनी बाँधिन पुगिन् । त्यसपछि रेडिमेड पसलपछि छाडेर नयाँ खालको वस्तु सामग्री के बिक्री गर्न सकिन्छ भनेर श्रीमान्सँग पनि सल्लाह गरिन् । अनि उनीहरुबीच ढाका र अल्लोका कपडा र तयारी पोषाक बनाउने र विक्री गर्ने सोच बनाएर त्यसको व्यापारमा लागिन् ।

‘अल्लो, खाँडी र ढाकाको कपडाबारे अलिअलि सुनेको थिएँ, यो चैं गर्न सकिन्छ कि भनेर सुरुमा जिल्ला जिल्ला घुमें’ सीताले भनिन्, ‘घुम्दा नै मेरो झण्डै १२ लाख रुपैयाँ जति सकियो, तर बजारको हिसावले राम्रो सम्भावना रहेको भन्ने कुरा चैं थाहा पाएँ ।’
त्यसपछि अघि बढेकी सीताले पछाडि फर्किएर हेरिनन् । उनले आफ्नो उत्पादनलाई कोभिड १९ को महामारी सुरु हुनु अघिसम्म पनि अष्ट्रेलिया, अमेरिका लगायतका युरोपियन मुलुक र हङकङ, भारतको दार्जिलिङमा अर्डर अनुसार पठाइरहेको बताइन् ।
उनले संचालन गरेको लुमा घरेलु अल्लो कपडा उद्योग एण्ड टे«निङ सेन्टरले अल्लो, खाँडी र ढाकाका कपडाहरु हातैले बुन्ने र त्यसबाट महिला र पुरुष दुवैले लगाउन मिल्ने कोट, जवारी कोट, टोपी, जुत्ता, लगायतका पोषाकहरु बनाउँदै आएको छ ।
‘थालेको कामलाई व्यवसायिक रुपमा अघि बढाउनुपर्छ भन्ने सोच थियो, अनि झण्डै सात बर्षदेखि उद्योग नै खोलेर झण्डै ५० जनालाई रोजगारी दिंदै आएको थिएँ’ उनले सुनाइन्, ‘अहिले कोभिडले गर्दा उत्पादन र विक्री पनि घटेको छ, २० जना जतिले मात्रै काम गरिरहेका छन् ।’

सीताले कपडाका लागि चाहिले अल्लोको कच्चा पदार्थ (बोक्रा) संखुवासभा र पाँचथर लगायतका पहाडि जिल्लाबाटै मगाउने गरेको बताइन् । सुरुमा उत्पादनको मार्केटिङ गर्न कठिन भएपनि अहिले सवै कुरा बुझिसकेको उनले बताइन् । उनले आफैं मालिक बनेर उद्योग चलाउने आँटलाई कायम राखेको सुनाइन् ।
कोभिड १९ को महामारीकै कारण आफ्नो उत्पादनको बजारीकरण गर्न चीन जाने योजना स्थगित गर्नुपरेको बताइन् । अहिले उद्योगमा करीव डेढ करोडको लगानी गरिसकेको जानकारी दिइन् ।
‘अहिले अलिक क्राइसिस छ’ सीताले भनिन्, ‘आफुमात्रै उद्यमशिल भएर हुँदैन भन्ने पनि मलाई लागेको छ, त्यहि भएर १२० जना जतिलाई निःशुल्क रुपमा तालिम पनि दिइसकेको छु ।’ सीताले आफ्नो उत्पादनको प्रवद्र्धनका लागि प्रदेश १ मा लाग्दै आएका अघिकांश मेला, महोत्सव र एक्स्पोहरुमा सहभागीता जनाउँदै आएकी छन् ।

माघ १९ देखि सुरु भएको सिएनआई कोसी एक्स्पोमा पनि उनले स्टल राखेकी छन् । स्टलमा ९ हजार ५०० रुपैयाँसम्म पर्ने अल्लोका कोट, तीन हजार रुपैयाँसम्मका जुत्ता (लेडिज÷जेन्स), एक हजार रुपैयाँसम्मका टोपीहरु बिक्रीका लागि राखेकी छन् ।
मुलुकभरकै आर्थिक मन्दीको असर व्यापार व्यवसायमा प्रत्यक्ष रुपमा देखिएको भएपनि आफ्ना उत्पादनको अहिलेसम्म सन्तोषजनक रुपमा बिक्री वितरण भइरहेको सुनाइन् । आफ्नो उद्योगको उत्पादन भनेर बजारमा भारतबाट ल्याएको डुब्लिकेट कपडाहरु पनि बिक्री भइरहेको फेला पारेको सीताले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]