१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

शनीबार ‘सीएनआई कोसी एक्स्पो’काे समापनमा ‘द एज ब्याण्ड’ ले प्रस्तुति दिने

Logo

विराटनगर, माघ २७

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो २०७९’ को समापन शनिबार हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जनाइएको छ ।
एक्स्पोको समापन समारोह पनि उद्घाटन जस्तै अविस्मरणीय बनाइने दाबी छ । एक्स्पोमा ३७० वटा स्टलहरु रहेका थिए । स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद विक्रीमा पनि सीएनआईले राम्रो अवसर प्राप्त गरेको जनाइएको छ ।

मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधीलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्नका लागि सीएनआई कोसी एक्स्पोको भूमिका महत्वपूर्ण ठहरिएको सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । उनले मुख्य प्रायोजकदेखि प्रायोजक, प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने विराटनगर महानगरपालिकासहित सुनसरीको दुहवी नगरपालिका, मोरङको बुढीगंगा र कटहरी गाउँपालिकाले स्थानीय स्तरमा रहेका उद्यमीहरुलाई उत्पादन प्रवद्र्धनमा अतुलनिय सहयोग पु¥याएको दाबी गरे ।

एक्सोलाई ऐतिहाँसिक बनाउने लक्ष्य अनुसार प्रदेश १ कै सर्वोच्च शिखर सगरमाथाबाट आर्थिक समृद्धिको सुरुवात गर्ने अभियान समेत सफल भएको उनले बताए ।
एक्स्पोमा नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट उद्योगी व्यवसायीहरुले आफ्नो मुलुकको उत्पादनलाई नेपाली उपभोक्तामाझ परिचित गराएका छन् । एक्स्पो अवधिभर हरेक साँझ नयाँ–नयाँ कलाकारहरुले प्रस्तुत गर्ने सांगीतिक र सा“स्कृतिक प्रस्तुतिले समेत एक्स्पोको अपरिहार्यता पुष्टि गरेको जनाइएको छ ।

तीन तहको सरकार मध्ये एक्स्पोलाई सफल बनाउन सहयोग गरेको प्रदेश १ सरकार, विभिन्न मन्त्रालय र निकायहरुको भूमिका पनि सीएनआई प्रदेश १ का लागि निकै महत्वपूर्ण बनेको अध्यक्ष घिमिरेले बताए ।
एक्स्पोको समापन शनिबार अपरान्ह ३ बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जनाइएको छ । त्यसैगरी अतिथिहरुमा संघीय सरकारका सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, महिला वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु सहभागी हुने अध्यक्ष घिमिरेले बताए ।
समापनका लागि सीएनआई प्रदेश समितिले महत्वपूर्ण तयारीहरु गरेको छ । एक्स्पोमा उत्कृष्ट रहेका स्टलहरुलाई मुल्यांकन समितिको सिफारिसमा समापन समापन समारोहमा सम्मान गरिने जनाइएको छ ।
सीएनआईले एक्स्पो अवधिभर ज्येष्ठ नागरिकहरुलाई टिकट निशुल्क गरेको थियो । समापनमा पनि त्यसलाई निरन्तरता दिइएको जनाइएको छ । अन्य उमेर समुहको हकका भने यसअघि नै परिमार्जन गरेर तोकिएको प्रवेश शुल्क लाग्ने छ । जस अनुसार साँझ ६ः३० बजेसम्म १०० रुपैयाँमा टिकट खरिद गर्न सकिने छ । त्यसपछिको समय २०० रुपैयाँ लाग्ने जनाइएको छ ।
समापन समारोह सम्पन्न भएपछि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ । शनिबार साँझ चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ को प्रस्तुति रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]