०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटचोकमा १५ दिने महोत्सव लाग्दै…

Logo

निरज बस्नेत
विराटचोक, मोरङ, फागुन ५
मोरङको विराटचोकमा १५ दिने कृषि, पर्यटन र व्यापार महोत्सव लाग्दैछ । सो कुराको जानकारी महोत्सव संयोजक भविन पाण्डेले जानकारी गराएका छन् ।

यही फागुन ७ गते महोत्सव शुरु हुनेछ । २१ फागुनमा महोत्सव सकिनेछ । झरना यूवा क्लव सुन्दरहरैंचा–९ मोरङको आयोजनामा हुन लागेको सो महोत्सवमा कम्तिमा ५० स्टलहरु समाविष्ट रहने कुरा क्लवका अध्यक्ष प्रह्लाद पाठकले बताएका छन् ।

युवा उद्यमशिलता, देशको आवश्यकता, स्लोगन बाकेको यस महोत्सवमा राष्ट्रिय कलाकारहरु, प्रमोद खरेल, रचना रिमाल, कमल खत्री, एलिना चौहान, मेलिना राई लगायतको समेत जोडदार प्रस्तुती रहने कुरा संयोजक पाण्डेले बताएँ ।

महोत्सवमा दैनिक उपभोग्य वस्तु तथा सेवाहरु, कृषि उत्पादनहरु, इलेक्ट्रोनिक्स आइटमहरु, लगायतका स्टलहरु रहने जानकारी अध्यक्ष पाठकले दिएका छन् । पाठकका अनुसार महोत्सवमा मनोरन्जनात्मक खेलहरु, फेशन शो, तथा अन्य विविध गतिविधिहरु समेत रहनेछन् ।

पिएलओ ल्युव मुख्य प्रायोजकमा रहेको छ । प्रणाम इट्टा प्रायोजकमा छ । सह–प्रायोजन श्री जि एन कंक्रिट उद्योग, प्रिन्स इट्टा प्रा लि , पिके कृषि सन्तुलित पशुदाना, कंचनजंगा इन्ड्रष्ट्रीज प्रा लि, एनपी ग्रुप, विबा लक्ष्मी ज्वेलर्स, टूबोर्ग वियर, जेएसआर आरएमसीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]