०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रतिबन्धित लागुऔषध सहित पक्राउ

Logo

संखुवासभा र विराटनगर, चैत्र २३
संखुवासभाको खाँदबारी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित अफिम सहित १ जना पक्राउ परेका छन । मंगलबारअपरान्ह बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी-२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो । प्रतिबन्धित अफिम सहित पक्राउ परेका भट्टराईको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्यसैगरी,
मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका  दमक -४ का २७ बर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ बर्षीय समिर जोगीले आफ्नै घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषधी ट्रामाडोल १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्की सहित र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-३ का ३२ बर्षीय राज कुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुल सहित पक्राउ गरेको हो भने  इलामको चुलाचुली गाउँपालिका-४ का २१ बर्षीय मुकेश लिम्बुलाई प्रतिबन्धित लागुऔषधी १ सय ३२ चक्की सहित प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]