२१ जेठ २०८३, बिहिबार
04-06-2026 , Thu
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराटनगर बजार अस्तव्यस्त

Logo

निरज बस्नेत
विराटनगर, चैत्र २५
विराटनगर महानगरपालिकाले विराटनगरभरी पार्किङ निषेधको निर्णय केही समय अगाडी गर्यो । निर्णय त गर्यो तर सरोकारवालासँग छलफल नै नगरी गर्यो । हचुवाको भरमा निर्णय त महानगरले गर्यो । अन्ततः यो निर्णय जसरी आयो त्यसरी नै फिर्ता पनि भयो ।

महानगरका मेयरले एक्कासी निर्णय लिनुलाई धेरैले निको मानेनन् । यो निर्णयप्रति विराटनगरका व्यापारीहरु आक्रोशित हुनपुगे । फलतः पार्किङ निषेधको निर्णय फिर्ता भयो ।

यता विराटनगरका व्यापारीको दावी यो पनि भयो की पार्किङ निषेधको निर्णयले विराटनगरको बजारको व्यापार डुवायो । यथार्थमा यो गलत नै हो । यस्तै यस्तै प्रतिकृया विराटनगरवासी अधिकांशको छ ।

विराटनगरमा सामान तथा वस्तुको मूल्य मनलाग्दी छ । यही सव विराटनगरवासीलाई पटक्कै मन परेको छैन । हिजोको दिनमा या भनौ बेलाबेलामा जोगबनीको कारण समेत यहाँको व्यापार धरासयी भयो यो भनाई पनि विराटनगरका धेरै व्यापारीहरुको रहने गरेको पाइदै आएको छ । तर, जोगबनीको व्यापारमा कडिकडाउ भएको पनि धेरै नै समय भइसकेको छ । खै त विराटनगरको व्यापार चम्केन त ?

यसमा मूलतः व्यापार गर्नेले सामान तथा वस्तुको मूल्यमा एकरुपता अनि जायज राख्नु नै हितकार हुनेछ । नत्र त अहिलेको जस्तै विराटनगरको व्यापार अस्तव्यस्त नै रहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]