०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा

Logo
Janacharcha

विराटनगर, वैशाख १६

बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याउने भएकाे छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट्रिजले साे प्याड  बजारमा ल्याउनेबारे दिएको हो ।

कोभिड–१९ का बेला स्थापना भएको उक्त उद्योगले माक्स, डेड कभर, फुटकभर जस्ता  स्वस्थ्य सुरक्षाका सामाग्रीहरु उत्पादन गर्दै आएकाे थियाे । उद्याेग स्थापना भएको दुई वर्षपछि विराट हेल्थ केयर इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याउदै छ । उच्च गुणस्तरको सेनिटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताइन् ।

कम्पनीका प्रबन्ध निर्देशकका क्षत्र बहादुर खड्का अनुसार अबकाे एक साताभित्र नेपाली बजारमा  सबैतिर उपलब्ध हुने गरी वितरणकाे काम अघि बढी रहेकाे छ। यस कम्पनीले विभिन्न ९ प्रकारकाे प्याडहरु उत्पादनमा गरिरहेकाे छ । जुन महिला र वृद्ध र वैश्यककाे लागी हुनेछ । यस फ्याक्ट्रीले दैनिक ३ लिख पिस प्याड उत्पादन गर्ने क्षमता रहेकाे छ । त्यसै गरी केही समयमै कम्पनीले बेवी डाईपर समेत उत्पादन गर्ने तयारी गरिरहेकाे बताईएकाे छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]